images
images

पहिलो त्रैमाससम्ममा एलआईसी नेपालको नाफा ८८ प्रतिशतले बढ्यो, अभिकर्ता कमिशन अन्तर्गत खर्च कति ?

पहिलो त्रैमाससम्ममा एलआईसी नेपालको नाफा ८८ प्रतिशतले बढ्यो, अभिकर्ता कमिशन अन्तर्गत खर्च कति ?

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • पहिलो त्रैमाससम्ममा एलआईसी नेपालको नाफा ८८ प्रतिशतले बढ्यो, अभिकर्ता कमिशन अन्तर्गत खर्च कति ?

    काठमाडौँ / लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    कम्पनीद्वारा प्रकाशित तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा कम्पनीको नाफा ८८.५४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक पहिलो त्रैमाससम्ममा कम्पनीको नाफा ३ करोड १६ लाख रुपैयाँ थियो । चालु आर्थिक बर्षको सोहि अवधीसम्ममा कम्पनीको नाफा ८८.५४ प्रतिशतले वृद्धि हुँदै ५ करोड ९७ लाख पुगेको हो ।

    ३ महिनाको अवधिमा कम्पनीको नाफा बढेपनि कुल बीमा शुल्क आर्जन र खुद बीमा शुल्क आर्जन भने घटेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले ४ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले १ करोड ९५ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने ४ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन ०.१७ प्रतिशतले घट्दा खुद बीमा शुल्क आर्जन शुन्य दशमलव १० प्रतिशतले घटेको छ ।

    त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत ३० करोड ६२ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३५ करोड ६६ लाख खर्च गरेको थियो ।

    २ अर्ब ६५ करोड चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफामा २ अर्ब संचित गरेको छ । त्यस्तै अन्य इक्वीटी ६२ करोड २९ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा १२ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै १ खर्ब १० अर्ब पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष ९७ अर्ब ८८ करोड थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार