चर्चित समाचार
  • काठमाडौँसहित ३५ जिल्लामा स्टक ब्रोकरका शाखा विस्तार, कहाँ कहाँ (सूचीसहित)

    काठमाडौँसहित ३५ जिल्लामा स्टक ब्रोकरका शाखा विस्तार, कहाँ कहाँ (सूचीसहित)

    बुधवार, मंसिर ६ २०८०
    बुधवार, मंसिर ६ २०८०
  • काठमाडौँसहित ३५ जिल्लामा स्टक ब्रोकरका शाखा विस्तार, कहाँ कहाँ (सूचीसहित)

    काठमाडौँ / स्टक ब्रोकर कम्पनीहरुले काठमाडौंसहित देशका ३५ जिल्लामा ब्रोकर कम्पनीहरुले शाखा विस्तार गरेका छन् ।

    नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार देशभर ८२ वटा स्टक ब्रोकर कम्पनी सञ्चालनमा छन् । सञ्चालनमा रहेका यी ८२ स्टक ब्रोकरमध्ये ४३ कम्पनीले काठमाडौँबाहिर शाखा विस्तार गरेका छन् भने ३९ कम्पनीहरु काठमाडौँ जिल्लामा मात्रै सञ्चालनमा छन् ।

    काठमाडौँबाहिर भने कास्की जिल्लामा सबैभन्दा धेरै ब्रोकर कम्पनीका शाखा विस्तार भएका छन् । नेप्सेको अनसार कास्कीमा ९ ब्रोकर कम्पनीका शाखा विस्तार भएका छन् । 

    शहरी क्षेत्र भएका जिल्लामा धेरै कम्पनीका शाखाहरु विस्तार भएको छ । कास्कीपछि झापा, चितवन, रुपन्देही, मोरङजस्ता जिल्लामा ब्रोकरको संख्या उल्लेख्य देखिएको छ ।

    काठमाडौँबाहिर सबैभन्दा धेरै शाखा विस्तार गर्ने ब्रोकर कम्पनीमा भिजन सेक्युरिटिज कम्पनी छ । सो कम्पनीले काठमाडौँबाहिर ११ वटा शाखा विस्तार गरेको छ ।

    विस्तारित ब्रोकरका शाखाहरू

    जिल्ला ब्रोकर कम्पनी
    कास्की कुमारी सेक्युरिटिज, थ्राइभ ब्रोकरेज, नेपाल स्टक हाउस, प्रिमियर सेक्युरिटिज, भिजन सेक्युरिटिज, कोहिनुर इन्भेस्टमेन्ट, सनी सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल, नासा सेक्युरिटिज
    रुपन्देही आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज, मिडास स्टक ब्रोकिङ, एसियन सेक्युरिटिज, दक्षिणकाली इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, लिन्च स्टक मार्केट, कालिका सेक्युरिटिज
    मोरङ अग्रवाल सेक्युरिटिज, नेपाल इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, क्रिस्टल कञ्चनजंघा
    झापा सेक्युर्ड सेक्युरिटिज, जेएफ सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, साउथ एसियन बुल्स, श्रीहरि सेक्युरिटिज
    चितवन प्राइमो सेक्युरिटिज, त्रिशूल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, सनी सेक्युरिटिज, डाइनामिक मनी मेनेजर्स, अक्सफोर्ड सेक्युरिटिज, सुन्धारा सेक्युरिटिज
    पर्सा प्राइमो सेक्युरिटिज, सिप्रबी सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ, नासा सेक्युरिटिज
    धनुषा अग्रवाल सेक्युरिटिज, नासा सेक्युरिटिज
    दाङ जेएफ सेक्युरिटिज, आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज
    बाँके इम्पेरियल सेक्युरिटिज, कालिका सेक्युरिटिज
    कैलाली दिपशिखा धितोपत्र कारोबार कम्पनी
    सुर्खेत इम्पेरियल सेक्युरिटिज
    कञ्चनपुर त्रिशक्ति सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी
    सुनसरी अनलाइन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, एबीसी सेक्युरिटिज, आशुतोष ब्रोकरेज
    सिराहा आशुतोष ब्रोकरेज, दिपशिखा धितोपत्र कारोबार कम्पनी
    इलाम भिजन सेक्युरिटिज, मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ,
    पाँचथर मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ
    मकवानपुर स्वर्णलक्ष्मी सेक्युरिटिज
    काभ्रेपलान्चोक डाइनामिक मनी मेनेजर्स, क्रियटिभ सेक्युरिटज, भृकुटी स्टक ब्रोकिङ
    भक्तपुर भिजन सेक्युरिटिज, आर्यतारा इन्भेस्टमेन्ट कम्पनी
    ललितपुर भिजन सेक्युरिटिज
    धादिङ इम्पेरियल सेक्युरिटिज
    तनहुँ थ्राइभ ब्रोकरेज, भिजन सेक्युरिटिज
    पाल्पा क्रियटिभ सेक्युरिटिज, आर्यतारा इन्भेस्टमेन्ट कम्पनी
    स्याङ्जा प्रिमियर सेक्युरिटिज
    बागलुङ दिव्या सेक्युरिटिज
    पर्वत दिव्या सेक्युरिटिज
    म्याग्दी भिजन सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ
    गोरखा मिडास स्टक ब्रोकिङ
    नुवाकोट नेपाल स्टक हाउस, अनलाइन सेक्युरिटिज
    दोलखा दिपशिखा धितोपत्र कारोबार कम्पनी
    लमजुङ सुन्धारा सेक्युरिटिज
    नवलपुर त्रिशुल सेक्युरिटिज, भिजन सेक्युरिटिज, अक्स्फोर्ड सेक्युरिटिज, सनी सेक्युरिटिज
    कपिलवस्तु भिजन सेक्युरिटिज
    महोत्तरी भृकुटी स्टक ब्रोकिङ

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार