images
images

नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो, ८ अर्ब ९१ करोडको कारोबार

नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो, ८ अर्ब ९१ करोडको कारोबार

मंगलवार, माघ २२ २०८१
मंगलवार, माघ २२ २०८१
  • नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो, ८ अर्ब ९१ करोडको कारोबार
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५.९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर ९० हजार २०२ पटक खरिद बिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् । 

    आज जलविद्युत् र अन्य उपसमूहबाहेक अन्य उपसमूह घटेको छ । 

    जोशी हाइड्रोपावर डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशत, मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको ८.२५ प्रतिशत, न्यादी हाइड्रोपावर लिमिटेडको ८.१९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.१२ प्रतिशत र कालिका पावर कम्पनीको शेयर मूल्य ८.०५ प्रतिशतले बढेको छ ।

    साथै आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण ४५ खर्ब छ अर्ब १० करोड ९२ लाख सात हजार ९६१ पुगेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार