images
images

गाजामा युद्धविराम, बन्धक रिहाइ शुक्रबारबाट हुने

गाजामा युद्धविराम, बन्धक रिहाइ शुक्रबारबाट हुने

शुक्रवार, मंसिर ८ २०८०
शुक्रवार, मंसिर ८ २०८०
  • गाजामा युद्धविराम, बन्धक रिहाइ शुक्रबारबाट हुने

    गाजा युद्धविराम र बन्धक रिहाई शुक्रबार बिहान शुरु हुने  कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

    images
    images

    “युद्धविराम शुक्रबार बिहान ७ बजेदेखि शुरु हुनेछ...र नागरिक बन्धकहरूको पहिलो समूहलाई सोही दिन लगभग ४ बजेसम्म  सुम्पिइनेछ,” प्रवक्ता  माजेद अल-अन्सारीले  उल्लेख गरेका छन् ।  

    शुरुमा १३ जनालाई रिहा गरिने छ, ती सबै महिला र बालबालिका एउटै परिवारका  हुन् । प्रवक्ताका अनुसार प्रत्येक दिनमा चार दिन भित्र सहमति भएका जम्मा ५० जनालाई रिहाइ गरिने छ।

    गत अक्टोबर ७ देखि युद्धमा रहेका इजरायल र हमासले बुधबार चार दिने युद्धविरामको क्रममा कम्तिमा ५० बन्धक र सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौताको घोषणा गरेका थिए।

    कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा सहजीकरण गरिएको यो सम्झौता विस्तार र फराकिलो हुन सक्ने बताइएको छ ।  यो सम्झौता गाजामा रहेका २४ लाख  जनतालाई सहायता प्रदान गर्ने उद्देश्यले पनि प्रेरित छ ।

    इजरायली अधिकारीहरूले लगभग १ हजार २०० व्यक्तिहरू मारिएको र लगभग २४० जनालाई बन्धक बनाएको बताएका छन्।

    गाजा पट्टीमा हमास सरकारका अनुसार त्यसबेलादेखि निरन्तर इजरायली बमबारी र भूमि आक्रमणले १४ हजारभन्दा बढी मानिसहरूको ज्यान लिइसकेको छ जसमा अधिकांश महिला र बालबालिका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार