images
images

नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घट्यो, आइबार बढेको बजार फेरि किन लाग्यो ओरालो ?

नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घट्यो, आइबार बढेको बजार फेरि किन लाग्यो ओरालो ?

बुधवार, मंसिर १३ २०८०
बुधवार, मंसिर १३ २०८०
  • नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घट्यो, आइबार बढेको बजार फेरि किन लाग्यो ओरालो ?

    काठमाडौँ / गत बुधबार ४७ अङ्कले बढेको शेयर बजारमा पछिल्लो तीन दिन भने लगातार गिरावट आएको छ । बुधबार पनि घट्ने क्रमलाई निरन्तरता दिँदै नेप्से परिसूचक ०.९४ प्रतिशत अर्थात १७.९३ अङ्कले घटेको छ । बढेर १९ सय माथि पुगेको बजार घटेर पुनः १८७६.६० विन्दुमा झरेको छ ।

    images
    images

    नेप्सेसँगै यस दिन सेन्सेटिभ इन्डेक्स ०.८१ प्रतिशत, फ्लोट इन्डेक्स १.०१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८७ प्रतिशत घटेको छ ।  नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । यो दिन २८६ ओटा कम्पनीको ४९ लाख ८९७ कित्ता शेयर १ अर्ब २३ करोड ६६ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छ । 

    आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये अन्य समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ भने सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक २.१३ प्रतिशत घटेको छ । 

    आइतबार बजार बढेपछि अल्पकालिन रूपमा बजार प्रवेश गरेका लगानीकर्ताहरू नाफा सुरक्षित गरी बारिहएका कारण सेयर बजारमा गिरावट जारी छ । सेयर बजारमा देखिएको यो उतारचढावले बजारमा दिर्घकालिन लगानीकर्ता अझै निष्क्रिय नै रहेको पुष्टि हुन्छ । 

    कारोबार प्रणालीमा प्राविधिक समस्या आएका कारण आज बिहान ११स्२४ मा खुलेको कारोबार अपराह्न ३स्२४ मा बन्द भएको थियो । यसले पनि यो दिनको बजार प्रभावित पारेको हुनसक्ने बताइन्छ । 

    आज कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.८८ प्रतिशत वृद्धि भएको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६५७ रुपैयाँ पुगेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ३.६३ प्रतिशतले बढेर ७.७० पुगेको छ । 

    यो दिन सबैभन्दा बढी बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत घटेको छ । आजको कारोबारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयर सर्वाधिक खरिदबिक्री भएको देखिन्छ । 

    यस कम्पनीको ६ करोड २८ लाख बराबरको शेयर कारोबार भएको हो । त्यस्तै, ९ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८१र८२ नामक ऋणपत्रको ५ करोड ३ लाख रुपैयाँ बराबरको भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार