चर्चित समाचार
  • सन सेक्युरिटिजले ल्यायो विश्वभरका नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता

    सन सेक्युरिटिजले ल्यायो विश्वभरका नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता

    बिहिवार, बैशाख २० २०८१
    बिहिवार, बैशाख २० २०८१
  • सन सेक्युरिटिजले ल्यायो विश्वभरका नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता

    काठमाडौँ / सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरूका लागि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । विदेशमा रहेर आफ्नो पेशाबाट धेर थोर रकम जम्मा गरी नेपालको पुँजीबजारमा लगानी गर्न सहयोग पुगोस् भनेर सन सेक्युरिटिजले उक्त सेवाको सुरुवात गरेको हो । 

    सो खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरूलाई नेपाली पुँजी बजारमा लगानीका लागि आवश्यक रहने डिम्याट खाता, मेरो सेयर तथा ब्रोकर खाता निःशुल्क खोल्ने तथा आजिवन निःशुल्क सञ्चालन गरी कारोबार गर्ने कार्यको लागी सहजीकरण गर्र्ने कम्पनीको विश्वास छ ।  

    सनको ‘मिसन ०८४, एक नेपाली एक ब्रोकर खाता’को अभियानलाई सार्थकता दिने क्रममा विदेशमा रहेका नेपालीहरूका लागि सञ्चालन गरेको यो रेमिट डिम्याट खाता विदेशमा रहेका श्रमिकका साथै विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीहरूले समेत खोल्न सक्ने कम्पनीले जनाएको छ । 

    कम्पनीको वेबसाइट www.sunsecurities.com बाट ओपन अकाउन्टमा गएर वा सिधा https://www.sunsecurities.com/portal.html बाट रेमिट डिम्याट खाता छनौट गरी आवश्यक कागजातहरू संलग्न गरी खाता खोल्नुका साथै सन सेक्युरिटिजका कर्मचारीहरूसमक्ष भिडियोमा उपस्थित भई भिडियो केवाइसि भेरिफाई गर्न सक्ने वा स्वयंले भिडियो केवाइसिमा दिइएको निर्देशनहरूको पालना गरी भिडियो केवाइसि भेरिफाइ गरी खाता खोल्न सकिने व्यवस्था कम्पनीले गरेको छ । 

    कम्पनीले निकट भविष्यमै यस प्रोडक्टमा आबद्ध हुनुहने ग्राहकहरूका लागि बैंक वित्तिय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आइपिस समेत प्रदान गर्ने उद्देश्यले तयारी गरिरहेको छ । जसबाट ग्राहकहरूले एकद्वारबाटै पूँजी बजारमा सहभागिताका लागि आवश्यक सबै सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । 

    यस रेमिट डिम्याट खाताको माध्यमबाट परदेशमा रहेर नेपालको पूँजी बजारमा उचित ढंगबाट लगानी गर्न सके विदेशमा बस्दा कमाएको स–सानो बचतबाट भविष्यमा उहाँहरूको आर्थिक आत्मानिर्भरता र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनी गरेको छ । 

    यस सेवासँग आबद्ध हुने क्रममा ग्राहकरूसँग कुनै पनि जिज्ञासा वा समस्या रहेमा कम्पनीले ग्राहक सेवाका लागि कम्पनीको फेसबुक पेज https://www.facebook.com/sunsecurities64 को मेसेजबाट, व्हाट्सएप तथा भाइबर नम्बर ९७६७२३३००० बाट तथा कम्पनीको सपोर्ट नम्बर ०१५९७१५०० बाट उपलब्ध गराएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार