images
images

साङ्घाई अटो पार्ट्स मेलाः  ४१ मुलुकका ५,६०० भन्दा बढी कम्पनीहरू सहभागी

साङ्घाई अटो पार्ट्स मेलाः  ४१ मुलुकका ५,६०० भन्दा बढी कम्पनीहरू सहभागी

बिहिवार, मंसिर १४ २०८०
बिहिवार, मंसिर १४ २०८०
  • images
    images
    साङ्घाई अटो पार्ट्स मेलाः  ४१ मुलुकका ५,६०० भन्दा बढी कम्पनीहरू सहभागी
    images
    images

    अटोमोटिभ पार्टपुर्जा (सवारी साधन), उपकरण र सेवा आपूर्तिकर्ताहरूका लागि लक्ष्यित साङ्घाई अन्तरराष्ट्रिय व्यापार मेलामा भाग लिन स्वदेश तथा विदेशका ५ हजार ६०० भन्दा बढी कम्पनीहरू साङ्घाईमा भेला भएका छन्।

    images
    images

     
    कार्यक्रमको प्रदर्शनी क्षेत्र ३ लाख वर्ग मिटरमा फैलिएको  बताइएको छ। संयुक्त राज्य अमेरिका, पोल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, इटाली र बेलायत लगायत ४१ देश र त्यस क्षेत्रका व्यावसायिक प्रदर्शकहरू मेलामा सहभागी छन्।

    नयाँ ऊर्जा वाहन आपूर्ति शृङ्खलाको वृद्धिलाई ध्यानमा राख्दै, परम्परागत क्षेत्रहरूमा रूपान्तरण र स्तरवृद्धिको अतिरिक्त अन्य थुप्रै अन्तरराष्ट्रिय अटोमोटिभ बजारका बढ्दो अवसरहरू अन्वेषण गर्न  हाल विश्व बजार चीनतिर लम्किरहेको मेस्से फ्रान्कफर्ट (एचके) लिमिटेडका महाप्रबन्धक फियोना चिउले उल्लेख गरेका छन् ।

    चाइना अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसनले जारी गरेको तथ्याङ्कअनुसार चीनको अटोमोबाइल उत्पादन र बिक्री दुवै गत वर्षको सोही अवधिको तुलनामा क्रमशः ८ प्रतिशत र ९.१ प्रतिशतले बढेर करिब २४ करोड युनिट पुगेको छ।

    सो कार्यक्रम १८ औं संस्करणका रूपमा  बुधवार शुरु  भई डिसेम्बर २ सम्म चल्ने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार