images
images

नोभेम्बरमा भित्रिए एक लाख ८ हजार पर्यटक, कुन देशबाट कति ?

नोभेम्बरमा भित्रिए एक लाख ८ हजार पर्यटक, कुन देशबाट कति ?

सन् २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ९ लाख १८ हजार ३०८ पुगेको छ !

शुक्रवार, मंसिर १५ २०८०
शुक्रवार, मंसिर १५ २०८०
  • नोभेम्बरमा भित्रिए एक लाख ८ हजार पर्यटक, कुन देशबाट कति ?

    काठमाडौँ / सन् २०२३ को नोभेम्बरमा एक लाख बढी पर्यटक नेपाल घुम्न आएका छन् ।  नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा विभिन्न मुलुकहरूबाट एक लाख ८ हजार ६३० पर्यटक नेपाल घुम्न आएका हुन् । 

    images
    images

    यद्यपी यो संख्या अघिल्लो महिनाको भन्दा ८ हजार ६७७ ले कमी हो । अघिल्लो महिना (अक्टोबर) मा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका थिए । 

    पर्यटकीय सिजन चलिरहेकाले पर्यटक आगमन उत्साहजनक रहेको बोर्डले जनाएको छ । सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्म पर्यटनको मुख्य सिजन मानिन्छ । यस सिजनमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । विशेषगरि यो सिजनमा धेरैजसो पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पाहुना आइरहेका छन् ।  

    योसँगै २०२३ को ११ महिनामा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ९ लाख १८ हजार ३०८ पुगेको छ । यद्यपि, यो हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या मात्र हो । ‘बाई बस’ स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको संख्या यसको तीन गुणा बढी रहेको पर्यटन बोर्डको अनुमान छ । नेपाल सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । १० लाखको सरकारी लक्ष्य भेट्न अब बाँकी एक महिनामा करिब ८० हजार पर्यटकको मात्र खाँचो छ ।

    यस महिना नेपाल घुम्न आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटकहरू रहेका छन् । नोभेम्बरमा भारतबाट मात्रै २४ हजार ४४३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

    यस्तै, अमेरिकाबाट ११ हजार ४६१ जना आउँदा बेलायतबाट ६ हजार १३८ आएका छन् । चीनबाट ७ हजार ६०१, अष्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार ९६२, जर्मनीबाट ३ हजार ५१२, फ्रान्सबाट ३ हजार २०५, बंगलादेशबाट ३ हजार ७६१ र श्रीलंकाबाट ३ हजार २२८ जना पर्यटक नेपाल भित्रिएका छन् । 

    नोभेम्बरमा कुन देशबाट कति पर्यटक आए ?

    भारत– २४ हजार ४४३

    अमेरिका– ११ हजार ४६१

    बेलायत– ६ हजार १३८

    चीन– ७ हजार ६०१

    अष्ट्रेलिया– ५ हजार ६०

    जर्मनी– ३ हजार ५१२

    फ्रान्स– ३ हजार २०५

    बंगलादेश– ३ हजार ७६१

    श्रीलंका– ३ हजार २२८

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार