चर्चित समाचार
  • टाटा मोटर्सको म्याक्सचेन्ज मेला सुरु, बम्पार उपहारमा आइफोन १५ (तस्बिरसहित)

    टाटा मोटर्सको म्याक्सचेन्ज मेला सुरु, बम्पार उपहारमा आइफोन १५ (तस्बिरसहित)

    शुक्रवार, मंसिर १५ २०८०
    शुक्रवार, मंसिर १५ २०८०
  • टाटा मोटर्सको म्याक्सचेन्ज मेला सुरु, बम्पार उपहारमा आइफोन १५ (तस्बिरसहित)

    काठमाडौँ / नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को आयोजनामा म्याक्सचेन्ज मेला कार्यक्रम सुरु भएको छ । उक्त मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग टाटाको नेपालमा सर्वाधिक रूचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ । 

    ग्राहकहरूको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरूप्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला यही मंसिर १५ गतेदेखि मंसिर १७ गतेसम्म टाटा मोटर्सको सोरुम थापाथली र सल्लाघारी भक्तपुरमा आयोजना गर्न लागिएको हो । 

    Tata moters (3).jpg

    म्याक्सचेञ्ज मेलामा निःशुल्क रूपमा इभी गाडीहरूका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् ।  

    Tata moters (1).jpg

    म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् साथै सो कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउनु हुन कम्पनीले अनुरोध गरेको छ । 

    news tata.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार