images
images

राष्ट्र बैंकले १६ अर्ब ४ करोडको आन्तरिक ऋण नवीकरण गर्ने, बोलकबोल कहिले ?

राष्ट्र बैंकले १६ अर्ब ४ करोडको आन्तरिक ऋण नवीकरण गर्ने, बोलकबोल कहिले ?

आइतवार, मंसिर १७ २०८०
आइतवार, मंसिर १७ २०८०
  • images
    images
    राष्ट्र बैंकले १६ अर्ब ४ करोडको आन्तरिक ऋण नवीकरण गर्ने, बोलकबोल कहिले ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले १६ अर्ब ४ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

    images
    images

    केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १४ अर्ब ४ करोड ५० लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। राष्ट्र बैंकले मंसिर १९ गते जारी हुने ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ। 

    ९१ दिनका लागि ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ र १८२ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ। यी ट्रेजरी बिलको परिपक्व मिति क्रमशः फागुन २२ गते र २०८१ जेठ २२ गते रहेको छ।

    यी ट्रेजरी बिलको भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

    ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार