images
images

न्यून चापीय क्षेत्र र शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालमा, आगामी तीन दिनसम्म कस्तो रहला मौसम ?

न्यून चापीय क्षेत्र र शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालमा, आगामी तीन दिनसम्म कस्तो रहला मौसम ?

मंगलवार, मंसिर १९ २०८०
मंगलवार, मंसिर १९ २०८०
  • images
    images
    न्यून चापीय क्षेत्र र शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालमा, आगामी तीन दिनसम्म कस्तो रहला मौसम ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । 

    images
    images

    साथै देशको पुर्वी भूभागमा बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित 'MICHAUNG’  नामक शक्तिशाली सामुद्रिक आँधीको  समेत आंशिक प्रभाव  रहेको छ ।

    हाल कोशी र लुम्बिनी प्रदेशको साथै  देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। 

    आज मङ्गलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बुधबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    बिहीबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    वर्षा र हिमपातसँगै देशभरीको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदेले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार