images
images

भरतपुर भ्रमण वर्ष २०२४ का लागि चीनको सिआनबाट साईडबोट उपकरण उपलब्ध

भरतपुर भ्रमण वर्ष २०२४ का लागि चीनको सिआनबाट साईडबोट उपकरण उपलब्ध

शुक्रवार, मंसिर २२ २०८०
शुक्रवार, मंसिर २२ २०८०
  • भरतपुर भ्रमण वर्ष २०२४ का लागि चीनको सिआनबाट साईडबोट उपकरण उपलब्ध

    चितवन / भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै साईडबोट उपकरण उपलब्ध भएको छ । मित्र राष्ट्र चीनको सिआन सिटीका प्रतिनिधिले बिहीबार महानगरपालिका आई पर्यटकीय पूर्वाधार साईडबोट उपलब्ध गराएको हो । साईडबोट भनेको एआई प्रविधि जडित तस्वीर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा हो । यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको थियो ।

    images
    images

    यो उपकरणले १० किलोमिटर टाढाका दृश्यहरूलाई सजिलै कैद गर्न सक्छ । एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सक्ने निर्माण कम्पनीले जनाएको छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ ।

    चेम्बर अफ कर्मशका सेक्रेटरी डा. उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्ने छ । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने जनाएको छ ।

    भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्नेछन् । कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर भरतपुरको प्रसारप्रसार गर्न सकिन्छ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थानहरू रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार