images
images

चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब  विप्रेषण, १ लाख ३७ हजारले लिए श्रम स्वीकृति

चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब  विप्रेषण, १ लाख ३७ हजारले लिए श्रम स्वीकृति

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • चार महिनामा भित्रियो चार खर्ब ७७ अर्ब  विप्रेषण, १ लाख ३७ हजारले लिए श्रम स्वीकृति

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको छ । 

    images
    images

    नेपाल राष्ट्र बैंकले आज बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको विप्रेषण मुलुक भित्रिएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार आठ सय ४१ छ । 

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ९६ हजार सात सय ३५ र ८७ हजार चार सय २८ थियो । 

    समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई पाँच खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार