images
images

शेयर बजारमा उत्साह कायमै, आज ७ अर्बको कारोबार हुँदा १३ कम्पनीको सेयरमूल्यमा लाग्यो पोजेटिभ सर्किट

शेयर बजारमा उत्साह कायमै, आज ७ अर्बको कारोबार हुँदा १३ कम्पनीको सेयरमूल्यमा लाग्यो पोजेटिभ सर्किट

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • शेयर बजारमा उत्साह कायमै, आज ७ अर्बको कारोबार हुँदा १३ कम्पनीको सेयरमूल्यमा लाग्यो पोजेटिभ सर्किट

    काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५.३९ अङ्कले उकालो लागेर २ हजार एक सय ४१ दशमलव ८७ मा पुगेको छ ।

    images
    images

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९३ अङ्कले उकालो लागेर ४ सय २.६३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्य भने वृद्धि भएको छ । 

    कूल एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता शेयर रू ७ अर्ब ९५ लाख ७५ हजार एक सय ७६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ मूल्य बराबरको शेयर कारोबार भएको छ ।

    सोल्टी होटल रू २४ करोड ५३ लाख ७७ हजार छ सय ४०, सोनापुर मिनरल्स रू २० करोड १५ लाख २४ हजार ३ सय ९१, हिमाल दोलखा हाइड्रोपावर रू १८ करोड १३ लाख २३ हजार ७ सय छ र नेपाल पूर्वाधार बैंक रू १७ करोड ५४ लाख ८३ हजार ५ सय ९० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

    नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कुमारी धनवृद्धि योजना ३.८२, नेरुडे लघुवित्त ३.६५, माथिल्लो मैलुङ ३.६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक ३.४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.३९ प्रतिशतले गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार