images
images

बुढिगंगा गाउँपालिकामा अस्पताल निर्माण हुँदै, जटिल स्वास्थ्य सेवाको लागि बाहिर जानुपर्ने बाध्यता हट्ने

बुढिगंगा गाउँपालिकामा अस्पताल निर्माण हुँदै, जटिल स्वास्थ्य सेवाको लागि बाहिर जानुपर्ने बाध्यता हट्ने

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • बुढिगंगा गाउँपालिकामा अस्पताल निर्माण हुँदै, जटिल स्वास्थ्य सेवाको लागि बाहिर जानुपर्ने बाध्यता हट्ने

    काठमाडौँ / शिवम् अर्गनाइजेसनले मोरङ्ग जिल्लाको बुढिगंगा गाउँपालिका वडा नंं १ मा २०० शैय्या क्षमताको अस्पताल निर्माण गर्ने भएको छ । हाल १०० शैय्याको मल्टि स्पेसिअ्यालटि हस्पिटल सञ्चालन गर्ने र क्र्रमश ३०० शैयासम्म विस्तार गर्ने लक्ष्यका साथे उक्त अस्पताल निर्माण गर्न लागिएको हो । 

    उद्योग वाणिज्य र निर्माण क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्दै आएको  शिवम् अर्गनाईजेशनले स्वास्थ्य सेवाको क्षेत्रमा पनि केही योगदान दिन सकिन्छ भनि विशुद्ध मानवीय भावनाले पे्ररित भई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण गरिन लागेको अर्गनाइजेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पूरा गरी निर्माण हुन गइरहेको अस्पताललाई आरआर इन्टरनेशनल हस्पिटल नामाकरण गरिएको छ । 

    सो अस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । 

    उक्त अस्पताललाई सेन्टर अफ एक्सेलेन्सका रूपमा विकास गरी सुपर स्पेसिलिटी स्वास्थ्य सेवा दिने महत्वपूर्ण केन्द्र वनाउन लागिएको छ । अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा इमरजेन्सी सेवा कार्डियाक इमरजेन्सी सेवा र क्याथ ल्याब जस्ता सेवा सुविधा उपलब्ध गराउने छ । 

    यसको अलवा अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ । सबै किसिमका शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने छ । स्वास्थ्य सेवामा रोगको पहिचान अत्यन्तै महत्वपूर्ण पाटो भएकाले गाइग्नोस्टिक डिपार्डमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाइनेछ अर्गनाइजेसनले जनाएको छ । 

    उल्लेख गरिएको विषयसँगै स्वास्थ्य क्षेत्रमा रहेको मल्टी स्पेसिलिटी सर्भिसको माग पूरा गर्ने उद्देश्यका साथ आरआर इन्टरनेशनल हस्पिटल स्थापना हुन लागेको सहर्ष जानकारी गराउन चाहन्छौँ । अस्पतालको लागत करिव २ सय ५० करोड पुग्ने अनुमान गरिएको छ ।

    निर्र्माणाधीन अस्पतालका सञ्चालक अध्यक्ष राजेन्द्र राउत रहेका छन् । उनी लामो समयदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आएका छन् । 

    नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्षको रूपमा कार्यरत राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत छन् ।

    अलग किसिमको पारिवारीक पृष्ठभूमि र उद्योग व्यवसायको विरासत विना नै यस क्षेत्रमा प्रवेश गर्नु भएका यस संस्थाका अध्यक्ष ज्यूले गार्मेन्ट निर्यात उद्योगबाट आफ्नो पहिचान बनाएका छन् ।

    हाल चुनढुंगा खानी सञ्चालन गरी सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ उपलब्ध गराउँदै आउनु भएका व्यावसायी राउतका विभिन्न उत्पादन मुलक उद्योग तथा व्यवसाय सञ्चालित छन् । 

    जुत्ता चप्पल उत्पादन, सिमेन्ट उद्योग, पेट्रोलियम पदार्थ, तथा ट्रेडिंग कारोवार सञ्चालनमा रहेका छन् भने निकट भविष्यमै काठमाडौँमा अत्याधुनिक पाँचतारे होटल केहि महिना भित्रै सञ्चालनमा आउने छ । 

    यसैगरी विराटनगरमा हाउजिंग कम्पनी, पांचतारे होटल र स्वास्थ्य सेवासंगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले मेडिकल÷पारामेडिकल÷नर्सिङ कलेजको समेत स्थापना गर्दै लगिने योजना रहेको छ । 

    यो अस्पताललाई एउटा व्यवसायीक घरानाको मात्र नभएर कोशी प्रदेशकै सम्पत्ति र सवै सेवाग्राहीको विश्वासको केन्द्रका रूपमा स्थापित गराउने उद्देश्य राखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार