images
images

चैत २३ गते अप्टिकल व्यवसायीहरुको विशेष भेला हुने

चैत २३ गते अप्टिकल व्यवसायीहरुको विशेष भेला हुने

images
मंगलवार, चैत १९ २०८१
मंगलवार, चैत १९ २०८१
  • चैत २३ गते अप्टिकल व्यवसायीहरुको विशेष भेला हुने
    images
    images
    images
    images

    काठमाडौं/ अप्टिकल व्यवसायी संघ नेपालले अप्टिकल व्यवसायीहरुको विशेष भेला आयोजना गरेको छ ।

     आज (मंगलबार) पत्रकार सम्मेलन गरी आगामी चैत २३ गते चावहिलको स्मार्ट प्यालेसमा अप्टिकल व्यवसायीहरुको विशेष भेला आयोजना गरेको जानकारी गराइएको हो ।

    भेलाले काठमाडौं र वरपरका अप्टिकल व्यवसायीहरू, आपूर्तिकर्ताहरु, र नेत्र–स्वास्थ्य विशेषज्ञहरुलाई एउटै मञ्चमा ल्याउने आयोजकको विश्वास रहेको छ ।

    अप्टिकल व्यवसायी महासंघले नेपालको अप्टिकल उद्योगलाई व्यावसायिक रूपमा सुदृढ बनाउने, नवीनतम प्रविधि तथा उत्पादनहरूको प्रवद्र्धन गर्ने, र व्यवसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । 

    भेलामा विशेषज्ञहरूले सेमिनार र कार्यशाला सञ्चालन गर्ने,सदस्यता प्रमाणपत्र वितरण गरिने, व्यापार रणनीति, ग्राहक सेवा, र बजार प्रवृत्तिहरूमा प्रशिक्षण दिइने बताइएको छ ।

    त्यस्तै, भेलाबाट व्यावसायिक नेटवर्किङको अवसर र सहकार्य विस्तारको अपेक्षासमेत लिइएको छ । उत्पादन प्रदर्शनी र लाइभ डेमो, नवीनतम प्रविधि तथा उच्च गुणस्तरका उत्पादनहरूको प्रत्यक्ष अवलोकना, प्यानल छलफल, उद्योगका नीतिगत विषय, व्यवसायको दिगोपन, र भविष्यका अवसरहरूबारे अन्तरक्रियासमेत हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार