images
images

एचआईडीसीएलद्वारा ५.२६३ प्रतिशत नगद लाभांश घोषणा

एचआईडीसीएलद्वारा ५.२६३ प्रतिशत नगद लाभांश घोषणा

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • images
    images
    एचआईडीसीएलद्वारा ५.२६३ प्रतिशत नगद लाभांश घोषणा

    काठमाडौँ / जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । 

    images
    images

    कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    सरकार र साधारणसभाबाट स्वीकृति पाइसकेपछि घोषित लाभांश वितरण हुने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले पुस २९ गतेका लागि साधारणसभा पनि बोलाएको छ ।

    साधारणसभाका लागि कम्पनीले पुस १८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १७ गतेसम्म कायम सेयरधनी लाभांश लिन र साधारणसभामा भाग लिनका लागि योग्य हुनेछन् । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार