काठमाडौँ / नेपाल आयल निगमको निमित्त प्रमुखको जिम्मेवारी नागेन्द्र शाहले पाएका छन् । निगमका अर्थ प्रशासनमा नायव कार्यकारी निर्देशक तहमा कार्यरत शाहले अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी पाएका हुन् ।
निगमका निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएपछि कार्यकारी प्रमुखको पद रिक्त थियो । वरिष्ठताका आधारमा शाहलाई उक्त निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।