images
images

नेपाल टेलिकमको बार्षिक साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

नेपाल टेलिकमको बार्षिक साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • नेपाल टेलिकमको बार्षिक साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

    काठमाडौँ / नेपाल टेलिकम लिमिटेडले बार्षिक साधारण सभा पुस २९ गते गर्ने निर्णय गरेको छ । 

    images
    images

    कम्पनीको १६ औँ वार्षिक साधारण सभा राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको हो । 

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्नेछ । 

    कम्पनीको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्दैछ । यस बुक क्लोजको आधारमा पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन र  लाभांश प्राप्त गर्न सक्नेछन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार