images
images

दलित समुदायका स्वास्थ्यकर्मीको हातबाट औषधि नलिनु लज्जास्पद : प्रदेश प्रमुख खापुङ

दलित समुदायका स्वास्थ्यकर्मीको हातबाट औषधि नलिनु लज्जास्पद : प्रदेश प्रमुख खापुङ

आइतवार, पुस ८ २०८०
आइतवार, पुस ८ २०८०
  • दलित समुदायका स्वास्थ्यकर्मीको हातबाट औषधि नलिनु लज्जास्पद : प्रदेश प्रमुख खापुङ

    बिराटनगर / कोशी प्रदेश प्रमुख परशुराम खापुङले दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको बताएका छन् । राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वले पेस गरेको तेस्रो वार्षिक प्रतिवेदन बुझ्ने क्रममा खापुङले साथै, यो समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको प्रदेश प्रमुखले बताएका हुन् । 

    images
    images
    images
    images

    साथै उनले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिए पनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताएका छन् ।  त्यसैगरी राष्ट्रिय दलित आयोगका सदस्य बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताएका छन् । 

    युवावस्थामा प्रेम भए पनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई थियो । 

    दलित आयोगले प्रदेश प्रमुख समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/८० को प्रतिवेदन पेश गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार