images
images

रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तीन नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य ५ लाख ५० हजारदेखि सुरु

रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तीन नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य ५ लाख ५० हजारदेखि सुरु

बुधवार, पुस ११ २०८०
बुधवार, पुस ११ २०८०
  • रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तीन नयाँ मोटरसाइकल सार्वजनिक, मूल्य ५ लाख ५० हजारदेखि सुरु

    काठमाडौँ / रोयल इन्फिल्ड मिटिओर ३५० सिसिको तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा.लि.ले नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो । 

    images
    images

    त्रिवेणी ग्रुपका निर्देशक सुभाषचन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि तथा नेपाल बजार प्रमुख अभिषेक शुक्लाले एक कार्यक्रमका बिच मिटिओर फाइर बल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेका हुन् ।

    मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर(ओयल कुल्ड, इलेक्ट्रोनिक फ्यूल इन्जेक्सन (इएफआइ) रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०।२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कब्रेक दिएको छ । 

    infield news1.jpg

    यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमतारहेको छ भने प्रति लिटर औषत ४० कि.मि. माइलेज दिने छ। 

    इजी कुजिईग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाई, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडी (चौडा टुबलेस टायर्र (१००/९० - १९/५७), पछाडी चौडा दुबलेस टायर्र (१४०/७० ( १७”-६६पि) जस्ता फिचरहरू पाउन सकिन्छ ।

    मिटिओर फायरबल ३५० सिसि पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन्, त्यस्तै मिटिओर स्टेलर ३५० सिसि – कालो, निलो र रातो रंगमा उपलब्ध छन् । यसैगरी मिटिओर सुपरनोभा ३५० सिसि – खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै सोरुममा उपलब्ध छन् ।

    infield news2.jpg

    कम्पनीले मिटिओर फायरबल ३५० सिसिको मूल्य ५ लाख ५० हजार रुपैयाँ, मिटिओर स्टेलर ३५०सिसिको मूल्य ५ लाख ५५ हजार रुपैयाँ र मिटिओर सुपरनोभा ३५० सिसिको मूल्य ५ लाख ६५ हजार तोकेको छ। सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको कम्पनीले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार