images
images

सन्सिल्क दशैँ भाइब्स–३ को बिजेता बने सजिना, सुस्मिता र विजया, सन्सिल्क ग्याङ अफ गर्ल्समा सामेल हुने

सन्सिल्क दशैँ भाइब्स–३ को बिजेता बने सजिना, सुस्मिता र विजया, सन्सिल्क ग्याङ अफ गर्ल्समा सामेल हुने

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • सन्सिल्क दशैँ भाइब्स–३ को बिजेता बने सजिना, सुस्मिता र विजया, सन्सिल्क ग्याङ अफ गर्ल्समा सामेल हुने

    काठमाडौँ / युनिलिभरको ब्राण्ड सन्सिल्कले ‘सन्सिल्क दशैँ भाइब्स’ नामक एउटा डिजिटल अभियान २०२१ मार्फत एउटा समूह सन्सिल्क ग्याङ अफ गर्ल्स् बनाएको छ । सबै प्रकारको सुन्दर कपाल प्रदर्शन गर्दै महोत्सब मनाउने उद्देश्यले सुरु भएको यो अभियानको पहिलो संस्करणको सफलताले दोस्रो संस्करणलाई अझै भब्य बनाउने हौसला प्राप्त गरेको कम्पनीले जनाएको छ । 

    images
    images
    images
    images

    यस वर्ष यो प्रतियोगिता ‘लेट्स सेलिब्रेट हेयर, लेट्स सन्सिल्क’ भन्ने बिषयबस्तुमा सञ्चालन गरिएको थियो ।  जसको प्रमुख उद्देश्य सबै प्रकारको कपाल र कपालको शैलीलाई कदर गर्ने उत्सवको रुपमा हेरिएको थियो। 

    यो दशैंलाई कपालको मेगा उत्सव को रुपमा स्थापना गर्ने उद्देश्यले सबै खालि कपाल प्रदर्शन गर्न प्रतियोगीहरुलाई आमन्त्रण गरिएको थियो।  यस प्रतियोगितामा हरेक कपाललाई याद मात्र नभई आफुलाई ब्यक्त गर्ने प्लेटफर्म पनि थियो।

    चार हजार ४८५  सहभागीसहित अहिलेसम्म कै ठुलो सिजन हुन सफल भएको कम्पनीको दावी छ । यस प्रतियोगिताले करिब १७४ मिलियन भ्युज प्राप्त गरेको छ । सन्सिल्क समाजमा एकता र सद्भावको प्रवृत्ति स्थापना गर्ने अग्रजको रूपमा रहेको छ ।

    सन्सिल्क दशैँ भाइब्स्ले स्थानीय जीवनशैली, संस्कृति, हेयरस्टाइल र दशैँको भावनालाई समेट्ने उत्सवको रूपमा द्रुत रूपमा विकसित भएको छ। हप्तौंदेखिको उत्सुकतापछि, सन्सिल्कले तीन उत्कृष्ट युवतीहरू  सजिना खनाल, सुस्मिता बन्जरा र विजया प्रधानलाई सन्सिल्क दशैँ भाइब्स ३ को बिजेताको रुपमा डिसेम्बर २७ मा घोषणा गरेको छ।
    हरेक बिजेताले  एक लाख रुपैयाँसहित अर्को वर्षको सन्सिल्कको प्याकमा प्रस्तुत हुने मौका र सन्सिल्क  ग्याङ अफ गर्ल्स् को हिस्सा हुने रोमाञ्चक अवसर पाएका छन् ।

    युनिलिभर नेपालका मार्केटिङ प्रमुख, सौरभ करन्जीतले भने  “सम्भव्त सन्सिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्रान्ड हो,  जुन व्यापक रुपमा वितरण हुनु  का साथै लाखौं उपोभोक्ताले रुचाएका छन्।  हामी , सौन्दर्ये निकै सरल रहेको र धेरै माध्याम बाट प्रदर्शन गर्न सकिन्छ भन्ने मा विश्वास गर्छौं। सन्सिल्क बिस्वस्त छ कि यदि युवतीहरुले आफुलाई ब्यक्त गर्ने मौका पाएमा धेरै अगाडी बढ्न सक्छन, र सन्सिल्कले  येही मौका प्रधान गरेको छ। हामीलाई क्गलकष्पि का तीन उत्कृष्ट व्यक्तित्व भएका नयाँ विजेताहरुको घोषणा गर्दा निकै गर्ब महसुस भैरहेको छ। हामी, ब्रान्ड र हाम्रा उपभोक्ता हरु स्थानिय चाडपर्ब र संस्कृतिसँग जोडिएको हेर्न चाहन्छौ, सन्सिल्क दशैँ भाइब्स् र सन्सिल्क ग्याङ अफ गर्ल्स द्वारा हाम्रो येही चाहना पुरा गर्ने  प्रयास रहेको छ ।”

    सन्सिल्क दशैँ भाइब्स का तीन भाग्यशाली विजेताहरू अब हाम्रो ब्रान्ड एम्बेसडर, प्रिन्सी र प्रिज्मासँगै उभिएर सन्सिल्क ग्याङ अफ गर्ल्स मा सामेल हुन तयार छन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार