images
images

राष्ट्रसंघको महासभामा भैँसी दुहुन गए जस्तो हैन, विश्वव्यापी समस्याका बारेमा जानकारी दिएर आएँ : प्रधानमन्त्री

राष्ट्रसंघको महासभामा भैँसी दुहुन गए जस्तो हैन, विश्वव्यापी समस्याका बारेमा जानकारी दिएर आएँ : प्रधानमन्त्री

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • राष्ट्रसंघको महासभामा भैँसी दुहुन गए जस्तो हैन, विश्वव्यापी समस्याका बारेमा जानकारी दिएर आएँ : प्रधानमन्त्री

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी समस्याको बारेमा जानकारी दिएको बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले महासभामा जानु 
    भैँसी दुहुन गएजस्तो नभएको बताएका हुन् । 

    images
    images
    images
    images

    सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा उनले भने, “म कुनै भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो होइन । म त्यहाँ हाम्रा विचार र समस्या राख्न गएको हो । राखियो ।” 

    उनले समस्याहरू हाम्रो देशका मात्र नभएको भन्दै विश्वव्यापी समस्याका बारेमा जानकारी गराएको बताए । 

    ग्लोबल समस्यामा अल्पविकसित देशहरूले बढी क्षति भोग्नुपरेको भन्दै त्यसमा त्यसमा विश्व समुदायको ध्यान दिनुपर्ने कुरा महासभामा उठाएको उनले जानकारी दिए । 

    पत्रकार सम्मेलनमा भ्रमणबारे परराष्ट्र मन्त्रालयले जानकारी गराएको थियो । 

    त्यसक्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको सहभागिता र उपस्थिति उपलब्धिमूलक रहेको बताइएको छ । 

    संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गरेका थिए ।   

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार