images
images

सन्सिल्कको ‘सन्सिल्क भाइब्स’अभियान सुरु, प्रतिस्पर्धामा भाग लिन के गर्ने ?

सन्सिल्कको ‘सन्सिल्क भाइब्स’अभियान सुरु, प्रतिस्पर्धामा भाग लिन के गर्ने ?

सोमवार, असोज १४ २०८१
सोमवार, असोज १४ २०८१
  • सन्सिल्कको ‘सन्सिल्क भाइब्स’अभियान सुरु, प्रतिस्पर्धामा भाग लिन के गर्ने ?

    काठमाडौँ / दशैँ भाइब्स अभियानलाई सन्सिल्कले नयाँ सनसिल्क भाइब्सको रूपमा सार्वजनिक गरेको छ । बिगत तीन वर्षदेखि सफल सो अभियान असोज ११ देखि सुरु भई मंसीरसम्म चल्नेछ । 

    images
    images
    images
    images

    अभियानमा सहभागीहरूले केवल दशैँको उत्सवका क्षणहरू नभर्इ दैनिक जीवनका तिनै पलहरू पनि समेट्न सक्नेछन्, जसले सन्सिल्कको सारलाई झल्काउने आयोजकको दावी छ । 

    “यसले सहभागीहरूलाई आफ्नो विशेष क्षणहरू(चाडपर्व होस् या दैनिकी(सामाजिक सञ्जालमा सेयर गर्न आमन्त्रण गर्छ, जहाँ कपाल मूख्य आकर्षणको रूपमा हुनेछ,” सन्सिल्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर यस प्रतिस्पर्धामा भाग लिन सक्ने बताइएको छ । 

    साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्नेछन् । 

    अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ र यो गीतसँगै प्रिन्सी र प्रिस्मा, साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गर्ल्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल, र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरुले आफ्नो भाइब्स देखाउँछन्, जहाँ रमाइलो, बोल्ड, स्लीक, चाडपर्वमय र आकर्षक कपालका शैलीहरू प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। 

    सन्सिल्क भाइब्सले यी सबै क्षणहरूको सार समेट्छ, किनकि भाइब्स हरेक दिन, हरेक ठाउँमा हुन्छन् ।  

    प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम÷फेसबुक रिल्स बनाई आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ। 

    अभियानको उद्देश्य युवतीहरूलाई आफ्नै शैली र व्यक्तित्व अँगाल्न प्रेरित गर्नु हो, जसले उनीहरूलाई नेपालभरका युवतीहरूको लागि प्रेरणाको स्रोत बनाउन मद्दत पुर्‍याउँछ। 

    सन्सिल्क भाइब्सले प्रत्येक दिनका साधारण क्षणहरूमा पनि उत्सव देखाउँछ, जहाँ कपालको सौन्दर्यले युवतीहरूको आत्मविश्वास झल्काउँ कम्पनीको दावी छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार