images
images

फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको निर्देशन, नगरे खारेज गर्ने चेतावनी

फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको निर्देशन, नगरे खारेज गर्ने चेतावनी

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • images
    images
    फिल्म हलहरूलाई इजाजत पत्र नवीकरण गर्न चलचित्र विकास बोर्डको निर्देशन, नगरे खारेज गर्ने चेतावनी
    images
    images

    काठमाडौँ / चलचित्र विकास बोर्ड चलचित्र घर (फिल्महल) हरुलाई इजाजत पत्र नवीकरण गरेर मात्र चलचित्र प्रदर्शन गर्न निर्देशन दिएको छ । 

    images
    images

    आज बिहीबार एक सार्वजनिक सूचना निकालेर बोर्डले, बोर्डबाट लिनुपर्ने इजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी अद्यावधिक रहेर मात्र चलचित्रघर सञ्चालन गर्न आग्रह गरेको हो।

    सूचनामा भनिएको छ– “नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने इजाजत पत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।” 

    यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेश गर्न पनि आग्रह गरिएको छ । बोर्डको आग्रहलाई बेवास्ता गरेका प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार