images
images

ब्राजिलमा बनेको बिवाइडी डल्फिन बन्यो सबैभन्दा धेरै पुरस्कार पाउने विद्युतीय कार

ब्राजिलमा बनेको बिवाइडी डल्फिन बन्यो सबैभन्दा धेरै पुरस्कार पाउने विद्युतीय कार

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • ब्राजिलमा बनेको बिवाइडी डल्फिन बन्यो सबैभन्दा धेरै पुरस्कार पाउने विद्युतीय कार

    काठमाडौँ / बिवाइडी डल्फिन  ब्राजिलको सबैभन्दा बढी पुरस्कृत विद्युतीय गाडी बनेको छ । ब्राजिलमा लन्च भएको ६ महिनामा नै बिवाइडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ। 

    images
    images

    बिवाइडी डल्फिन वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको कम्पनीको दावी छ। 

    बिवाइडीले २०२३ मा ब्राजिलमा मात्रै ५००० भन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले  ब्राजिलवासीहरूमा बिद्युतीय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ। 

    News byd.jpg

    सम्पूर्ण बिद्युतीय कारहरूको दाँजोमा, बिवाइडी डल्फिन अग्रभागमा रहेको देखिन्छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मूल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भाव छ भन्ने कुरा बिवाइडी डल्फिनले पुष्टि गरेको कम्पनीको भनाइ छ । 

    बिवाइडीका अध्यक्ष टायलर ली भन्छन, “बिवाइडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारको लागि एक गेम-चेन्जर हो। इतिहासमा पहिलोपटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण , र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्प्रधी मूल्यले पुरा उद्योगलाईनै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । बिद्युतीय कारलाई  धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनु नै हाम्रो लक्ष्य हो ।”

    नोभेम्बर देखि डिसेम्बरसम्म मात्रै बिवाइडी डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ।

    00.jpg

    बिवाइडी डल्फिन सेप्टेम्बर देखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ र यसको संख्या अझै बढ्ने क्रममा रहेको कम्पनीलको भनाइ छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार