images
images

एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने, व्यवस्थापकमा  मुक्तिनाथ क्यापिटल

एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने, व्यवस्थापकमा  मुक्तिनाथ क्यापिटल

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • images
    images
    एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने, व्यवस्थापकमा  मुक्तिनाथ क्यापिटल

    काठमाडौँ / एपोलो हाइड्रोपावरले १४ लाख १० हजार कित्ता साधारण सेयर  निष्काशन गर्ने भएको छ  । कम्पनीले सेयर निष्काशनका लागि प्रत्याभूति व्यवस्थापकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । 

    images
    images

    पुस १७ गते एक कार्यक्रमकाबिच कम्पनीले सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ ।

     यस कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिति २०७५ साल श्रावण २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार