images
images

चार्जिङमा राखेको एमजीको इलेक्ट्रिक गाडीमा मध्यरातमा आगो लाग्दा पूर्ण क्षति

चार्जिङमा राखेको एमजीको इलेक्ट्रिक गाडीमा मध्यरातमा आगो लाग्दा पूर्ण क्षति

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • चार्जिङमा राखेको एमजीको इलेक्ट्रिक गाडीमा मध्यरातमा आगो लाग्दा पूर्ण क्षति

    काठमाडौँ  / काठमाडौँको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको खुलासा भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको हो ।

    images
    images

    पार्किङमा राखेर चार्जमा लगाइएको गाडी खुला स्थानमा रहेकाले अन्य धनजनको क्षति नभएको काठमाडौं प्रहरी परिसर बुढानीलकण्ठ प्रभागका इन्सपेक्टर योगराज खतिवडाले बताए ।

    प्रहरी मुचुल्कामा चार्जिङका क्रममा राति १ बजे गाडीमा आगलागी भएको उल्लेख छ । तर त्यसको यकिन कारण भने खुलाइएको छैन । गाडी धनी गोरखाका सुदीप लामिछाने हुन् । प्रहरीका अनुसार लामिछाने आफन्तको घरमा आएका बेला चार्जिङका क्रममा गाडीमा आगलागी भएको हो ।

    चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको उनले बताए । चारवटै टायर बलिसकेको अवस्थामा आगो नियन्त्रण भए पनि सवारी साधन पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । 

    सवारी धनी सुदीप लामिछानेले साँझ ६ बजे चार्जमा हालेर छोडेको गाडीमा राती १ बजे आगलागी भएको बताए । आगलागी हुनुअघि गाडीमा त्यस्तो कुनै खराबी नदेखिए पनि चार्जमा राख्ने क्रममै आगो लागेको र आगलागीको कारण थाहा नभएको उनको भनाइ छ । 

    आगलागीको घटनापछि सम्बन्धित कम्पनीसँग कुराकानी भइरहेको बताउँदै इन्सुरेन्स क्लेमका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिए । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो । पारामाउन्ट मोटर्सले यस बिषयमा अनुसन्धान भइरहेको हुँदा अहिले नै कारण खुलाउन नसकिने बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार