images
images

चार्जिङमा रहेको एमजीको इलेक्ट्रिक गाडीमा किन भयो आगलागी ?

चार्जिङमा रहेको एमजीको इलेक्ट्रिक गाडीमा किन भयो आगलागी ?

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • images
    images
    चार्जिङमा रहेको एमजीको इलेक्ट्रिक गाडीमा किन भयो आगलागी ?
    images
    images

    काठमाडौँ / एमजीको इलेक्ट्रिक गाडी चार्जिङमा राखेको अवस्थामा आगलागी भएपछि नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले स्पष्टिकरण दिएको छ । कम्पनीले बुधबार एक विज्ञप्ति जारी गरी चार्जिङमा रहेको बागमती प्रदेश ०१–०२७ ख १५८१ नम्बरको एमजी श्क् भ्ख् गाडीमा पुस ९ गते मध्यराति १ बजे आगो लागेर नष्ट भएको घटनालाई लिएर प्रकाशित समाचार र सामाजिक सञ्जालमा भएको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

    images
    images

    एमजी ब्राण्डका चार पांग्रे गाडीहरू उच्चतम् प्रविधिको प्रयोग गरी सुरक्षित रूपमा निर्माण गरि विश्वव्यापी रूपमा प्रयोग भइरहेको वितरक नेपाली कम्पनीको दावी छ । 

    काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वडा नं ३ देउवाचोकमा आगो लागी भई नष्ट भएको घटनाको सम्बन्धमा कम्पनीलाई जानकारी भएपश्चात तत्काल सोही दिन कम्पनीका प्राविधिक कर्मचारी समेतको टोलीले स्थलगत रूपमा घटनास्थलमा अवलोकन गरेको कम्पनीले जनाएको छ । 

    स्थानीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट भएको सर्जिमिन मुचुल्का र प्रभागको पत्र व्यहोरा समेतमा भएको विवरण अनुसार उक्त घटनामा जलेको गाडी विद्युत प्रवाह भएको घरबाट केही स्थान पर खुला स्थानमा पार्किङ गरी साँझ ६ः०० बज देखि चार्जमा राखेको अवस्थामा बिहान १ः१५ बजेको समयमा एक्कासी विद्युतको तार शर्ट भई आगो लागी पूर्ण रूपमा जलेको प्रारम्भिक रूपमा देखिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार