images
images

आगामी तीन दिनको मौसम : पहाडी भूभागमा बदली र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्ने

आगामी तीन दिनको मौसम : पहाडी भूभागमा बदली र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्ने

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • images
    images
    आगामी तीन दिनको मौसम : पहाडी भूभागमा बदली र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्ने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ।
     
    शुक्रबार कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    शनिबार कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    आइतबार कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपात तथा तराईका केही भूभागमा हुस्सु÷कुहिरोको कारण हुनसक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार