images
images

आगामी तीन दिनसम्म यी पाँच प्रदेशमा बदली र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्ने

आगामी तीन दिनसम्म यी पाँच प्रदेशमा बदली र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्ने

आइतवार, पुस २२ २०८०
आइतवार, पुस २२ २०८०
  • images
    images
    आगामी तीन दिनसम्म यी पाँच प्रदेशमा बदली र हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो लाग्ने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

    images
    images

    आइतबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    मङ्गलबार लुम्बिनी प्रदेशमा साधारणतया बदली रही कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपात हुनुका साथै देशका तराई भूभागका केही स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने तथा मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जान सक्ने  भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार