images
images

उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्शबीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्न सम्झौता

उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्शबीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्न सम्झौता

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • images
    images
    उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्शबीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्न सम्झौता

    काठमाडौँ / नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चम्बर अफ कमर्श (आईसीसी)बिच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने सम्बन्धि दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

    images
    images

    युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशिता तथा लैङ्गिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो। परिसंघले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका हुन् । 

    उक्त साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्न सरोकारवालाहरूलाई प्लाटफर्म प्रदान गर्नेछ । साथै, दुई देशबीच द्धिपक्षिय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ ।

    कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसरहरू रहेको बताउँदै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह गरे । 

    उनले नेपालको स्वास्थ्य सेवा क्षेत्रभित्रको अपार सम्भावना, शिक्षा र चियालगायतका क्षेत्रमा भएको लगानीको अवसरहरूबारे प्रकास जानकारी गराए । इण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिँदै दुबै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । 

    पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उनको भनाइ छ । परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यवसायिक विकासमा युएसीको महत्त्वबारे प्रकाश पारे । साथै, उनले युएसीले एशीयन राष्ट्रहरु बिचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए । 

    परिसंघका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्ने र क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्न उक्त सहकार्य सहयोगी हुने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार