काठमाडौँ / मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा यती इभेन्टस् एंड कन्फेरेन्स सेन्टर काठमाडौँमा सम्पन्न भएके हो ।
संस्थापक र सर्वसाधारण सेयर धनीहरुको उपस्थिति भएको उक्त कार्यक्रममा कम्पनीको अध्यक्ष भरतराज ढकालले आ.ब.२०७९÷२०८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषिकाकम्पनी सचिव रामशरण तिमल्सिनाज्यूले भिजन ८५को रणनीतिक कार्यहरुको बारेमा बताएका थिए ।
पाँचौ बार्षिक साधारण सभाबाट कम्पनीले नयाँ संचालक समितिको चयन गरेको छ । जस् अन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल संस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित हुनुभयो। साथै, २०८० साल पौष २६ गते बसेको निर्वाचित संचालकहरुको बैठकबाट श्री सीताराम काफ्लेज्यू अध्यक्ष चयन भएका छन् ।
त्यस्तै, उक्त बैठकबाट ४ बर्षे कार्यकालका लागी भरतराज ढकालज्यूलाई प्रबन्ध संचालकमा चयन गरिएको छ ।