चर्चित समाचार
  • कर्णाली प्रदेशमा बढ्यो श्रम स्वीकृति लिनेको संख्या, आन्तरिक रोजगारीको अवस्था कस्तो ?

    कर्णाली प्रदेशमा बढ्यो श्रम स्वीकृति लिनेको संख्या, आन्तरिक रोजगारीको अवस्था कस्तो ?

    आइतवार, पुस २९ २०८०
    आइतवार, पुस २९ २०८०
  • कर्णाली प्रदेशमा बढ्यो श्रम स्वीकृति लिनेको संख्या, आन्तरिक रोजगारीको अवस्था कस्तो ?

    काठमाडौँ / गत आर्थिक बर्ष २०७९/८० मा कर्णाली प्रदेशको श्रम रोजगार कार्यालयबाट २७ हजार भन्दा बढि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७९/८० को अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा कर्णाली प्रदेशबाट २७ हजार ३५३ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । 

    स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुनाले वर्षेनि भरपर्दो आयआर्जनको खोजीको शिलशिलामा विदेशिने नेपालीहरुको सङ्ख्या बढ्दो क्रममा रहेको छ । वैदेशिक रोजगार विभागले प्रकाशन गरेको वार्षिक श्रम स्वीकृति विवरण २०७९/८० अनुसार वैदेशिक रोजगार विभागबाट २०७९ साउन १ देखि २०८० असार मसान्त सम्म कुल ७ लाख ७१ हजार ३२७ जनालाई वैदशिक रोजगारीको लागि श्रम स्वीकृति प्रदान गरिएको छ । 

    गत वर्ष सोही अवधिमा वैदेशिक रोजगारका लागि स्वीकृति जम्मा ६ लाख ३० हजार ९० जनालाई प्रदान गरिएको थियो । वैदेशिक रोजगारीको लागि स्वकिृति प्रदान गरिनेमा कर्णाली प्रदेशको हिस्सा ३.५५ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किने श्रमिकहरु मध्ये अधिकांश पुनःश्रम स्वीकृति लिने गरेका छन् भने केहीले वैदेशिक रोजगारीबाट सिकेको सीपलाई स्वदेशमा उपयोग गरी स्वरोजगार कार्यमा संलग्न रहेको पाइन्छ ।

    जिल्लागत वैदेशिक रोजगारीको विवरण

    1.JPG

    स्रोत : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

    यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को अन्तिम प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा रहेको १ लाख ५३ हजार ७४६ सूचीकृत बेरोजगार जनसंख्यालाई रोजगारीको अवसर प्रदान गरी निरपेक्ष गरिबीको दरलाई घटाउदै सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्ने उद्देश्य अनुरुप कर्णाली प्रदेशमा रहेका जम्मा ७९ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा ल्याईएको छ । 

    प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सिर्जित रोजगारीको विवरण

    2.JPG

    स्रोत : प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

    यता, आर्थिक वर्ष २०७८/७९ यस कार्यक्रम अन्तर्गत २ हजार ७०९ वटा स्वीकृत आयोजनाहरु मध्ये २ हजार ६४५ आयोजनाहरु सञ्चालन रहेका छन् भने जम्मा ३५ हजार १६२ जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।

    प्रधानमन्त्री रोजगार कार्यक्रमको वार्षिक प्रतिवेदन आ.व. २०७८÷७९ अनुसार कर्णाली प्रदेशको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ अर्ब ३ करोड २२ लाख रुपैयाँ बजेट विनियोजित भएकोमा १ अर्ब ६७ करोड ३६ लाख रुपैयाँ खर्च भएको थियो ।

    त्यस्तै, आर्थिक वर्ष २०७५/७६ देखि कर्णाली प्रदेशका बेरोजगार तथा कोभिड–१९ बाट प्रभावित युवालाई स्थानीय स्तरमा रोजगारी सृजना गर्न, आयआर्जनका क्रियाकलाप सञ्चालन गर्न र सामुदायिक पूर्वाधार निर्माण कार्यमा संलग्न गराई गरिबी निवारणमा योगदान पुर्याउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । 

    मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा जम्मा १ हजार ५५ वटा आयोजना सञ्चालनमा ल्याएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेशका अनुसार यस कार्यक्रम मार्फत सबैभन्दा बढी सुर्खेत जिल्लामा १५४ वटा आयोजना सञ्चालनमा रहेका छन् । त्यस्तै, सबैभन्दा कम आयोजना मुगु जिल्लामा ६५ वटा रहेका छन् ।

    मुख्यमन्त्री रोजगार कार्यक्रमबाट यस प्रदेशमा केहि रोजगारी सृजना भएको देखिन्छ । सल्यान, दैलेख, रुकुम पश्चिम र कालिकोटमा क्रमशः १५० वटा, १२२ वटा, ११० वटा र १०६ वटा आयोजनाहरु सञ्चालनमा रहेका छन्। त्यस्तै, जाजरकोटमा १०५ वटा, जुम्लामा ९६ वटा, हुम्लामा ७७ वटा र डोल्पामा ७० वटा आयोजनाहरु सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार