images
images

नेपालमा पश्चिमी वायुको प्रभाव : आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बदली र हिमपातको सम्भावना

नेपालमा पश्चिमी वायुको प्रभाव : आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बदली र हिमपातको सम्भावना

बुधवार, माघ ३ २०८०
बुधवार, माघ ३ २०८०
  • images
    images
    नेपालमा पश्चिमी वायुको प्रभाव : आगामी तीन दिनसम्म यी प्रदेशहरूमा बदली र हिमपातको सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । साथै तराई भूभागमा हुस्सु/कुहिरो लागेको छ।

    images
    images

    आज बुधबार कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती , गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बिहीबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शुक्रबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बर्षा, हिमपात र हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह  गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार