images
images

लोअर ईर्खुवा हाइड्रोपावरले आइपिओ बिक्री गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

लोअर ईर्खुवा हाइड्रोपावरले आइपिओ बिक्री गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • लोअर ईर्खुवा हाइड्रोपावरले आइपिओ बिक्री गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

    काठमाडौँ / नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड (एनएचपिसि) प्रमुख प्रवद्र्धक रहेको लोअर इर्खूवा हाइड्रोपावर लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ५० लाख रुपैयाँको २१.५ प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको २८ लाख ५ हजार ७५ कित्ता साधारण शेयर सर्वसाधारणहरूमा जारी गर्ने भएको हो । आइपिओ जारी गर्नको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

    images
    images

    कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात १३ लाख ५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूको लागि र ११.५ प्रतिशत अर्थात १५ लाख ७५ कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई जारी गर्ने जनाएको छ । 

    शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोअर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध सञ्चालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    लोअर इर्खुवा हाइड्रोपावर कम्पनीले निर्माण गर्दै रहेको, भोजपुर जिल्लामा अवस्थित, तल्लो ईर्खुवा जलविद्युत आयोजनाको निर्माणको काम अन्तिम चरण तिर पुगेको छ  । 

    यो १४.१५ मेगावाट क्षमताको आयोजनाको सुरूङ्ग उत्खनन्, सिभिल निर्माण, इलेक्ट्रो मेकानिकल उपकरणहरूको खरिद, हाइड्रो मेकानिकल उपकरण्हरूको खरिद तथा निर्माण, तथा प्रसारण लाइनको ब्यवस्थापन भइसक्दा ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

    करीब २ अर्व उनान्सय करोडमा सम्पन्न हुने यस आयोजनाको लागि माछापुच्छ्रे बैंक लि. को अगुवाइमा नेपाल एसबिआइ बैङ्क र ज्योति विकास बैङ्कको सहवित्तियकरणमा ऋण सुविधा प्राप्त भइसकेको छ । यो आयोजनाबाट यही आर्थिक वर्ष भित्र विद्युतको ब्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार