चर्चित समाचार
  • लिलामीमा ५ वटा गाडी बेच्दै राष्ट्र बैंक, कुनको मूल्य कति ?

    लिलामीमा ५ वटा गाडी बेच्दै राष्ट्र बैंक, कुनको मूल्य कति ?

    बिहिवार, माघ ४ २०८०
    बिहिवार, माघ ४ २०८०
  • लिलामीमा ५ वटा गाडी बेच्दै राष्ट्र बैंक, कुनको मूल्य कति ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेका पुरानो गाडी लिलामी पक्रियाबाट बिक्री गर्ने भएको छ । 

    बैंकले आज बिहिबार एक सूचना जारी गर्दै ५ पुराना सवारी साधन सिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने जनाएको हो । राष्ट्र बैंकले कुल ६३ लाख २९ हजार रुपैयाँ (मूल्य अभिबृद्धि करसहित) ती गाडी बेच्नेछ। 

    बैंकले उक्त गाडीहरूको सुरुवाती मूल्य साढे ६ लाख रुपैयाँदेखि साढे २५ लाख रुपैयाँसम्म राखेको छ । गाडी खरिद गर्न इच्छुकले माघ २२ गते दिउँसो १ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ।

    बोलपत्र बालुवाटारस्थित राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा पेस गर्नुपर्नेछ। बोलपत्र सोही दिन दिउँसो २ः३० बजे खोलिने राष्ट्र बैंकले जनाएको छ।

    बैंकले प्रकाशन गरेको सुचनाः

    1.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार