images
images

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना : बाइक तथा स्कुटर खरिदमा कति पाइन्छ छुट ?

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना : बाइक तथा स्कुटर खरिदमा कति पाइन्छ छुट ?

शुक्रवार, माघ ५ २०८०
शुक्रवार, माघ ५ २०८०
  • टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना : बाइक तथा स्कुटर खरिदमा कति पाइन्छ छुट ?


    काठमाडौँ  / नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ ।
    सो योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाइक तथा स्कुटरको खरिदमा ७ हजार रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् । साथै, कम ईएमआइ सुविधा, मात्र ३ हजार ९ सय ९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ ।

    images
    images

    उक्त योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमती बाहेक अन्य स्थानहरूमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।  

    यस योजनासँगै कम्पनीले मात्र ३ हजार ९ सय ९९ रुपैयाँबाट सुरु हुने  सबैभन्दा कम ईएमआइ सुविधा हाइलाइट गर्दै नेपाल अधिराज्य भर लागु हुने गरि ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ ।

     जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । 

    गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डकारुपमा स्थापित छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार