images
images

मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु/कुहिरो लाग्ने

मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु/कुहिरो लाग्ने

शनिवार, माघ ६ २०८०
शनिवार, माघ ६ २०८०
  • images
    images
    मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र तराईमा हुस्सु/कुहिरो लाग्ने

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशको तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ।

    images
    images

    आज शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी,  गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार देशभर आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    हिमपात र हुस्सु/कुहिरो लाग्ने  स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार