images
images

बैंकिङ प्रणालीमार्फत ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

बैंकिङ प्रणालीमार्फत ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

मंगलवार, माघ ९ २०८०
मंगलवार, माघ ९ २०८०
  • बैंकिङ प्रणालीमार्फत ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक, बोलकबोल आजै हुने

    काठमाडौँ / अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ।

    images
    images

    राष्ट्र बैंकले  मंगलबार मंगलबार (पुस ९ गते) थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। यसका लागि भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ।

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको माघ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    माघमा यो तेस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। केन्द्रीय बैंकले गत माघ ३ गते ३० अर्ब रुपैयाँ र माघ ४ गते २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।

    यसअघि राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको छ। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार