images
images

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा, लाभांश प्रस्ताव पारित

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा, लाभांश प्रस्ताव पारित

सोमवार, माघ १५ २०८०
सोमवार, माघ १५ २०८०
  • सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा, लाभांश प्रस्ताव पारित

    काठमाडौँ / सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौंँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिकोे आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्दै, लेखापरीक्षकको प्रतिवेदनसहितको गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनूसुचीहरूसहितको वित्तीय विवरण पारित गर्दै कम्पनीको साधारण सभा सम्पन्न भएको हो । 

    images
    images

    सभाले आर्थिक बर्ष २०८०/८१ को लेखापरीक्षण गर्न एस.ए.आर. एसोसिएट्स चाटर्ड एकाउन्टेन्सलाई कम्पनीको लेखापरीक्षकमा नियुक्ती गरेको छ । उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चूक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ५ प्रतिशतका दरले हुने रकम १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुने रकम ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

    यसैगरी साधारण सभाबाट बोनस सेयर वितरणपश्चात कम्पनीको तत्काल चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही अनुसार कम्पनीको प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र संशोधित प्रबन्धपत्र अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कूनै फेरबदल गर्न निर्देशन प्राप्त हून आएमा सो अनूसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित भएको छ । 

    News citizen.JPG

    यसैगरी सभामा सर्वसाधरण सेयरधनी समूहबाट दावा फूटी शेर्पा र भोज प्रसाद तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । नेपालको जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्न सफल रहेको सिटिजन लाइफ आर्थिक वर्ष २०७९/०८० को वार्षिक साधारण सभा गर्ने पहिलो कम्पनी भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार