images
images

बन्दीपुरमा १० लाखसम्मका योजना वडाबाटै सम्झौता, तीन लाखसम्मको योजना वडाध्यक्षले अनुगमन गर्ने

बन्दीपुरमा १० लाखसम्मका योजना वडाबाटै सम्झौता, तीन लाखसम्मको योजना वडाध्यक्षले अनुगमन गर्ने

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • बन्दीपुरमा १० लाखसम्मका योजना वडाबाटै सम्झौता, तीन लाखसम्मको योजना वडाध्यक्षले अनुगमन गर्ने
    तनहुँ / जिल्लाको बन्दीपुर गाउँपालिकाले वडा वडाबाटै योजना सम्झौता गरी सेवा प्रवाह गर्न थालेको छ । चालु आर्थिक वर्षदेखि योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका कार्यालयसम्म धाउन नपर्नेगरी सेवा दिएको हो । 
     
    गाउँपालिकाले रु १० लाखसम्मका बजेटका योजना उपभोक्ता समितिमार्फत वडामै सम्झौता गर्ने व्यवस्था मिलाएको हो ।
     
    करिब दुई सय योजनामध्ये एक सय तीस योजना सम्झौता गरी निर्माणको चरणमा रहेको सो गाउँपालिका कार्यालयले जनाएको छ । 
     
    गाउँपालिका मातहत रहेका छवटै वडामा उपभोक्ता समिति गठन गरी योजना सम्झौता कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले जानकारी दिए । 
     
    योजनाको अनुमानित लागत गरी सम्झौताको प्रक्रिया कार्यान्वयनमा लगिएको छ । उपभोक्ता समितिलाई गाउँपालिका कार्यालयसम्म आउन नपर्ने गरी काम गर्ने वातावरण मिलाइएको उनले बताए । 
     
    स–साना योजना सम्झौताका लागि पनि उपभोक्ता समितिका पदाधिकारीलाई गाउँपालिका कार्यालयसम्म धाउनुपर्दा कठिनाइ भोग्नुपरेको थियो । 
     
    गाउँपालिका आउँदा खर्च, झन्झट र सास्ती खेप्नुपरेकाले त्यसलाई मध्यनजर गर्दै यस प्रक्रिया अघि बढाइएको गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताए । 
     
    वडा कार्यालयलाई थप जिम्मेवार र उपभोक्ता समितिलाई चलायमान बनाउने उद्देश्यअनुरुप यस किसिमको अभियानको सुरुआत गरेको सो गाउँपालिका कार्यालयले जनाएको छ । 
     
    रु तीन लाखसम्मको योजनाको वडा कार्यालयका वडाध्यक्षले अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ । अध्यक्ष थापाले भने, “प्रत्येक वडामा एक जनाका दरले प्राविधिक कर्मचारीसमेत खटाइएको छ ।”  
     
    तीन लाखभन्दा बढीको योजनाको गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा बनेको गाउँपालिकास्तरीय अनुगमन समितिले अनुगमन गर्न अधिकार प्रदान गरिएको छ । गाउँपालिकाले रु १० लाखसम्मको योजना वडामै सम्झौता गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार