चाणक्य नीति : रिसाएको बेला उत्तर नदिनु, खुशी भएको बेला निर्णय नगर्नु ...!

चाणक्य नीति : रिसाएको बेला उत्तर नदिनु, खुशी भएको बेला निर्णय नगर्नु ...!

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • images
    images
    चाणक्य नीति : रिसाएको बेला उत्तर नदिनु, खुशी भएको बेला निर्णय नगर्नु ...!

    चाणक्य वा कौटिल्य लगभग इसा पूर्व ३७० – २८३ तक्षशिलाका आचार्य मानिन्छन्।  दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार उनी नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए।
     
    उनी राजनीति र कूटनीतिका ज्ञाता हुन् । उनले अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका छन्।
     
    अर्थशास्त्र मौर्यकालीन समाजको दर्पण मानिन्छ। मुद्राराक्षसको अनुसार चाणक्यको वास्तविक नाम विष्णुगुप्त थियो। विष्णुपुराण, भागवत आदि पुराणहरू तथा कथासरित्सागर आदि संस्कृत ग्रन्थहरूमा त चाणक्यको नाम आएकै छ सँगै बौद्ध ग्रन्थहरूमा समेत चाणक्यको कथा भेटिने गरेको छ।

    images
    images

    भनिन्छ कि सफलता तथा असफलताको बीचमा यस्तो बिन्दु हुन्छ, जब तपाई न धेरै बढी सफल हुन सक्नुहुन्छ, न त धेरै असफल नै ।

    त्यसो त सबै व्यक्ति सफल हुन चाहन्छन् । तर हामीमध्ये धेरै व्यक्ति यो सोच्दैनन् कि असफलताको कारण आफूमै हुन्छ । आचार्य चाणक्यले चाणक्य नीतिमा यस्ता धेरै कुरा उल्लेख गरेका छन्, जसलाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ ।

    हेर्नुस् उत्कृष्ट गुणहरु 

    १. कुनै काम अह्राउँदा सेवकको पहिचान हुन्छ । दुखको समयमा मित्रको पहिचान हुन्छ विपत्तिको समयमा आफन्तको पहिचान हुन्छ । र धन नष्ट हुँदा श्रीमतीको पहिचान हुन्छ । 
    २. जसको घरमा आमा हुनुहुन्न र सो को ठाउँमा व्याभिचारी श्रीमती छ भने त्यो मान्छे बनबास गए हुन्छ । किनकी उसको निम्ति घर र बन एक समान हो । 

    ३. दुष्ट श्रीमती, घाती मित्र र मुख लगाउने नोकर र सर्प हुने घरमा रहनु मृत्युको कारण हो । यसमा कुनै शंका नगर्दा हुन्छ । 

    ४. जुन देशमा सम्मान छैन, जुन स्थानमा जिविकाको माध्याम छैन । जुन ठाउँमा आफ्ना इष्टमित्र छैनन्, अनि जुन ठाउँमा विद्या आर्जन गर्ने विद्यालय छैन, त्यस्तो ठाउँमा बस्नु हुँदैन । 

    ५. चाहे व्यक्ति जति नै समझदार किन नहोस यदि मुर्ख शिक्ष्यलाई पढाउनाले, दुष्ट स्त्रीसँग जीवन विताउनाले दुखी रोगीको माझमा रहनाले सो व्यक्ति पनि दुःखी हुन्छ । 

    ६. जसे रोग व्याद लाग्दा साथ दिने, शत्रु आइलाग्दा साथ दिने, घर परिवार चलाउन साथ दिने  र मृत्यु पश्चात दाहासंस्कार गर्ने मित्र नै बास्तविक मित्र हुन्छ । 

    ७. रिसाएको बेला उत्तर नदिनु दुखी भएको बेला कहिल्यै कसम नखानु, खुशी भएको बेला निर्णय नगर्नु ।

    ८. विद्धान व्यक्ति विवाहको निम्ति रुपलाईभन्दा बढि कुलिनतालाई हेर्नुपर्दछ । विवाह सदैव समान कुलको बीच गर्नु पर्दछ । 

    ९. लामो नङ्ग्रा हुने हिंस्रक जनाबर, गहिरो नदि, लामा सिङ हुने जनाबर, हतियारसहितको व्यत्तिको कहिल्यै विश्वास गर्नु हुँदैन किनकी यिनीहरुले कतिबेला घात गर्छ थाहा हुँदैन । 

    १०. जसको सन्तान आज्ञाकारी हुन्छ, श्रीमती धार्मिक तथा सद्गुणले भरिएको हुन्छ । आफूसँग जति धन सम्पति छ त्यति मै सन्तुष्ट रहन सक्छ त्यो व्यक्तिको निम्ति संसार स्वर्ग हुन्छ । 


    ( लगभग इसा पूर्व ३७० – २८३ तक्षशिलाका आचार्य चाणक्य वा कौटिल्यका तत्कालिन समयका वाणी उपदेशहरु आज आधुनिक जमानामा पनि उत्तिकै सान्दर्भिक र मननयोग्य भएकोले अर्थ डबलीले श्रृङ्खलाबद्ध रुपमा प्रकाशित गरिरहेको छ। यी उपदेश कथा बाणीहरु विभिन्न श्रोतबाट लिइएका हुन् । ऊनी कुटनीतिक दार्शनिक, राजनीतिक अर्थनीतिका ब्याख्याता विज्ञ भएका एक चुतरता चलाख व्यक्तिका सान्दर्भिक वाणीहरु प्रकाशित हुँदै जानेछ । (सम्पादक)

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार