images
images

नेपालमा प्रत्येक वर्ष करिब २० हजारभन्दा बढी मानिसमा क्यान्सर पहिचान, क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत

नेपालमा प्रत्येक वर्ष करिब २० हजारभन्दा बढी मानिसमा क्यान्सर पहिचान, क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत

आइतवार, माघ २१ २०८०
आइतवार, माघ २१ २०८०
  • नेपालमा प्रत्येक वर्ष करिब २० हजारभन्दा बढी मानिसमा क्यान्सर पहिचान, क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत

    काठमाडौँ / आज विश्व क्यान्स दिवस ! क्यान्सरलाई प्राणघातक रोग मानिन्छ । यसबाट पीडित हुने बिरामीको संख्या विश्‍वरभर दिनप्रतिदिन बढ्दो क्रममा छ । विश्‍वभर यही रोगले वर्षेनी ५० लाख बढीले ज्यान गुमाउने गरेका छन् । 

    images
    images

    नेपालमा पनि वर्षेनी कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ । आज क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो । २०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क ड। रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए । 

    उनले नेपालमा प्रत्येक वर्ष करिब २० हजार जनाभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए । सन् २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सहरु रहेका छन्। अहिले २० हजार नयाँ केसको डिटेक्शन भएको र १६ हजार मृत्यु भएको उनले बताए ।

    उनकाअनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथ मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरु बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।

    उनले भने, ‘अहिले क्यान्सरको विश्वभर मृत्युको प्रमुख कारणमा एक हो । अहिलेको ग्लोवल डाटा हेर्नुपर्दा ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट भएको देखिन्छ । एक तिहाई कारक तत्वहरुमाध्ये सुर्तिजन्य पदार्थको प्रयोग,मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ। नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरले लिएको छ । जोखिम तत्व र यसको भारको बारेमा कुरा गर्नुपर्दा २०२० को डाटा हो । त्यसपछिको हाम्रो नेशनल सर्वे भएको छैन। जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी र मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले हुने गर्दछ । नेपालमा प्रत्येक वर्ष करिव २० हजार जना भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गर्दछ । २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सहरु छन् । २० हजार नयाँ केसको डिटेक्शन भएको देखिन्छ। १६ हजार मृत्यु भएको देखिन्छ । पुरुष र महिलाको तुलना गर्नुपर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथ मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरु बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।’

    अहिले क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक हो । विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । एक तिहाई कारक तत्वहरुमाध्ये सुर्तिजन्य पदार्थको प्रयोग,मद्यपानको प्रयोग, शारीरिक निष्क्रियता रहेको छ ।

    क्यान्सर के हो ?

    यसमा कोषिकाहरुको एक समूहको अनियन्त्रित वृद्धि भएपछि सामान्य भन्दा धेरै फैलिएपछि स्वस्थ कोशिकाहरुलाई पनि क्षति पुर्‍याएपछि क्यान्सर रोग बन्छ ।

    क्यान्सरका लक्षणहरू ?

    घाँटी तथा अन्य अंगमा गाँठागुठी देखिन्छ । अचानक तौल घट्नु, दिसा पिसाबमा रगत देखिन्छ । थकान महसुस भएर धेरै ज्वरो आउनु र निको नहुनु, मुख र जिब्रोमा घाउ आउनु शरीरमा रगतको कमी हुनु लगातार खोकी लाग्नु र औषधि खाँदा पनि निको हुँदैन । महिनावारी हुँदा बढी रगत जानु र दिशा पिसावको रंग बदलिनु ।

    रोकथाम तथा बच्ने उपाय

    क्यान्सरको आशंका हुनासाथ क्यान्सर नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । अन्य अंगको पनि नियमित जाँच गर्नुपर्छ । शरीरमा अनावश्यक गाँठागुठी आएमा, बढेमा, रंग परिवर्तन भएमा जँचाई हाल्नुपर्छ । पेनकिलरको प्रयोग धेरै गर्नु हुँदैन । स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । शारीरिक व्यायाम, योगा र ध्यान गर्नुपर्छ ।

    क्यान्सरबाट अपनाउन सकिन्छ यस्तो जीवनशैली अपनाउने

    सुर्तिजन्य पदार्थबाट टाढै रहनेः  क्यान्सर हुने कारणमध्ये ८० प्रतिशत सुर्तिजन्य पदार्थको सेवनले हुने गर्दछ । त्यसैले सुर्तिजन्य वस्तुको सेवनबाट टाढै रहनु पर्छ । सुर्तिजन्य पदार्थको सेवनले फोक्सो, किड्नी, ब्ल्याडरको  र गर्भाशयको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । सुर्ती र गुट्खा खाँदा मुख र पाचनग्रन्थीमा क्यान्सर हुन सक्छ ।

    नियमित व्यायामः मोटोपन पनि क्यान्सर हुनुको एक प्रमुख कारण भएकाले शरीरको तौललाई नियन्त्रणमा राख्नु पर्छ । मोटोपनको कारण महिलाहरुमा पाठेघर, मूत्रनली तथा स्तनको क्यान्सर हुने सम्भावना रहन्छ ।

    सन्तुलित खानेकुराः क्यान्सरबाट बच्नका लागि सन्तुलित खानेकुरा खानु पर्छ। फलफूल, हरियो सागपात र गेडागुडी धेरै खानु राम्रो हुन्छ । सकेसम्म पोलेको, बासी, ढुसी आएका खानेकुरा खानु हुँदैन । रासायनिक पदार्थ मिसावट भएका मिठाइ, जंकफुडबाट सकेसम्म टाढै रहेको राम्रो हुन्छ । यस्ता खानेकुरामा क्यालोरीको मात्रा पनि बढी हुन्छ । स्वाद बढाउनका लागि हानीकारक वस्तु प्रयोग गरिएको हुन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार