images
images

समृद्धि अभियान साकार पार्न एमालेको बहुमत  सरकार आवश्यक छ : अध्यक्ष ओली

समृद्धि अभियान साकार पार्न एमालेको बहुमत  सरकार आवश्यक छ : अध्यक्ष ओली

मंगलवार, माघ २३ २०८०
मंगलवार, माघ २३ २०८०
  • समृद्धि अभियान साकार पार्न एमालेको बहुमत  सरकार आवश्यक छ : अध्यक्ष ओली
    images
    images
    महोत्तरी / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि अभियान साकार पार्न आफ्नो पार्टीको बहुमतको सरकार आवश्यक भएको बताएका छन् । 
     
    सोमबार महोत्तरीको जलेश्वरमा नेकपा (एमाले)को छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै ओलीले देशको नेतृत्व गर्ने अवसरका लागि आफ्नो दलले अब २०८४ को चुनावको प्रतीक्षा गरिरहेको बताए । 
     
    “हामी जिम्मेवारीसाथ मुलुकको नेतृत्व गर्न चाहन्छौँ, तर अहिलेको गठबन्धन भत्काउनतिर हामी लाग्दैनौँ”, अध्यक्ष ओलीले भने । उनले आफू नेतृत्वको सरकारले थालेका विकास–निर्माणका परियोजनालाई गठबन्धन सरकारले बेवास्ता गरेको आरोप लगाए । 
     
    अध्यक्ष ओलीले दक्षता, क्षमता र कामप्रतिको तत्परता बढाउन आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग अपिल गरे । 
     
    “अवसर पाइन भनेर मन कुँड्याएर नबस्नोस्, योग्यता बढाउनोस्, अवसर तपाईंलाई खोज्दै आइपुग्छ,” उनले भने। जनताबीच विनम्र भएर प्रस्तुत हुने कार्यकर्ता एमालेका हुनपर्ने उनको भनाइ थियो ।
     
    एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का सचिव रघुवीर महासेठले देश निर्माणको जिम्मेवारी पुनः नेकपा एमालेको काँधमा आउने बताए । उनहरूले त्यसका लागि अझै चार वर्ष भने पर्खनुपर्ने बताए । 
     
    एमाले महोत्तरीका सङ्गठन कमिटीका संयोजक कालीचन्द्र साहको अध्यक्षतामा भएको थियो । एमाले अधिवेशनको बन्दसत्र आजै राति प्रारम्भ भई भोलि बिहानसम्ममा नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न हुनेछ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार