images
images

फ्रान्ससँगको व्यापारमा नेपाललाई करिब ५ अर्ब बराबरको व्यापार घाटा, के–के जान्छ, के आउँछ ?

फ्रान्ससँगको व्यापारमा नेपाललाई करिब ५ अर्ब बराबरको व्यापार घाटा, के–के जान्छ, के आउँछ ?

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनामा नेपालले फ्रान्ससँगको व्यापारमा ४ अर्ब ९१ करोड २७ लाख रुपैयाँले घाटा बेहोरेको हो ।

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • फ्रान्ससँगको व्यापारमा नेपाललाई करिब ५ अर्ब बराबरको व्यापार घाटा, के–के जान्छ, के आउँछ ?

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा फ्रान्ससँगको व्यापारमा नेपालले करिब ५ अर्ब रुपैयाँ बराबरको घाटा व्यहोरेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको चालुु आर्थिक बर्षको पुष मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा नेपालले फ्रान्ससँगको व्यापारमा ४ अर्ब ९१ करोड २७ लाख रुपैयाँले घाटा बेहोरेको हो । 

    यस अवधिमा नेपालमा फ्रान्सतर्फ १ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको छ भने ६ अर्ब १ करोड ५५ लाख रुपैयाँको वस्तु आयात गरेको छ । यो तथ्याङ्क अनुसार नेपाललाई फन्ससंगको व्यापारमा करिब ५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

    विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ६ महिनामा फ्रान्सबाट नेपालमा २ करोड रुपैयाँ बराबरको फेस क्रिम आयात भएको छ । यसबाहेक, औषधीजन्य पदार्थको आयातमा ३ करोड २३ लाख रुपैयाँ बाहिरिएको छ भने दाँतमा भर्ने सिमेन्टको आयातमा १९ लाख रुपैयाँ बाहिरिएको छ । 

    यस्तै, ५ करोड रुपैयाँभन्दा बढीको मदिरा आयात भएको तथ्याङ्क छ । जसमा २८ लाखको ह्विस्की आयात हुँदा ५९ लाखको भोड्का आयात भएको देखिएको छ । यसबाहेक थप ५२ लाख रुपैयाँभन्दा बढीको पेय पदार्थ समेत आयात भएको देखिएको छ भने ६२ लाख रुपैयाँको जनावरको खाना आयात भएको छ । 

    यस्तै, एक्ट्रा नेचुरल अल्कोहल आयातमा २७ करोड ७० लाख रुपैयाँभन्दा बढीको रकम बाहिरिएको छ । तथ्याङ्क अनुसार ६ महिनामा फ्रान्सबाट नेपालमा ७९ लाख रुपैयाँभन्दा बढीको चकलेट आयात भएको छ । यसबाहेक, ६६ लाख रुपैयाँको कपडा आयात भएको छ भने, २ करोडको ट्वाइलेट पफर््यूम, २ करोडको फेस क्रिम, १ करोडको अन्य मेकअपका सामाग्री समेत आयात भएको छ ।

    यता, ६ महिनामा नेपालले फ्रान्समा ३ करोड १० लाख २७ हजार रुपैयाँ बराबरको चिया निर्यात गरेको छ भने, ३ करोड ८१ लाख ५० हजार रुपैयाँको तेल निर्यात गरेको छ । 

    यस्तै, विभागको तथ्याङ्क अनुसार ६ महिनामा नेपालबाट २ करोड ६५ लाख १८ हजार रुपैयाँको हातले बनाएको कागज र पेपरबोर्ड, २१ करोड ११ लाख २१ हजार रुपैयाँको कार्पेट, १ करोड १ लाख २४ हजार रुपैयाँ बराबरको चुरा र टिका, ३४ लाख ५३ हजार रुपैयाँको काँचको मूर्ति वा सजावटी सामान र ६५ लाख १७ हजार रुपैयाँको चाँदीका गरगहनाहरू र ९६ लाख ३८ रुपैयाँ बराबरको चित्र निर्यात भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार