images
images

कोशी प्रदेशमा आज पाँच जना नयाँ मन्त्रीले सपथ लिने

कोशी प्रदेशमा आज पाँच जना नयाँ मन्त्रीले सपथ लिने

शुक्रवार, माघ २६ २०८०
शुक्रवार, माघ २६ २०८०
  • कोशी प्रदेशमा आज पाँच जना नयाँ मन्त्रीले सपथ लिने

    विराटनगर / कोशी प्रदेशमा आज (शुक्रकार पाँच जना मन्त्रीले सपथ लिने भएका छन् । आज बेलुका ४ बजे थप नयाँ मन्त्रीहरूले शपथ लिने तयारी भइरहेको कोशी प्रदेश प्रमुखको कार्यालयले जनाएको हो । 

    काँग्रेसबाट प्रदीपकुमार सुनुवार, रामकुमार खत्री (मन्त्री)  तथा इन्दिरा थापा (राज्यमन्त्री) र माओवादी केन्द्रबाट राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगरले मन्त्रीको शपथ लिने तय भएको बताइएको छ । 

    स्रोतका अनुसार स्वास्थ्य मन्त्री, खत्री– कृषि, सहकारी,  बुर्जा– खानेपानी सिँचाइ तथा ऊर्जा, कार्की– सामाजिक विकास र  थापा–स्वास्थ्य, राज्यमन्त्री बन्ने भएका छन् । 

    हाल प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन, माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एसका कमल प्रसाद जबेगू भौतिक पूर्वाधार मन्त्री छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार