चर्चित समाचार
  • कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न

    कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न

    सोमवार, माघ २९ २०८०
    सोमवार, माघ २९ २०८०
  • कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं / कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा माघ २८ गते हिजो आइतबारका दिन काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । 

    सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । 

    साधारण सभामा भएको संचालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिलातर्फबाट सम्रन अग्रवाल निर्वाचित भएका छन् । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार