images
Logo
images
images
images

६ महिनामा ५० लाख ८२ हजार किलोग्राम अम्रिसो निर्यात, भित्रियो ५९ करोड ६४ लाख

६ महिनामा ५० लाख ८२ हजार किलोग्राम अम्रिसो निर्यात, भित्रियो ५९ करोड ६४ लाख

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • images
    images
    ६ महिनामा ५० लाख ८२ हजार किलोग्राम अम्रिसो निर्यात, भित्रियो ५९ करोड ६४ लाख

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ६ महिनामा साढे ५९ करोड रुपैयाँ भन्दा बढीको अम्रिसो निर्यात गरेका छन् । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार साउनदेखि पुष मसान्तसम्ममा नेपालले ५९ करोड ६४ लाख ८५ हजार रुपैयाँको अम्रिसो विभिन्न मुलुकहरूमा निर्यात गरेको हो । 

    ६ महिनामा नेपालले उक्त मूल्य बराबरको ५० लाख ८२ हजार १६० किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा निर्यात मूल्य १०४ प्रतिशतले बढेको छ भने निर्यात परिमाण भने ५ प्रतिशतले घटेको छ । 

    गत आवको सोही अवधिमा नेपालले २९ करोड १८ लाख ५३ हजार रुपैयाँ बराबरको ५३ लाख ७२ हजार २१० किलोग्रामभन्दा बढी अम्रिसो निर्यात गरेको थियो ।

    विभागको तथ्याङ्क अनुसार नेपालबाट मुख्यगरी कुचो बनाउन प्रयोग हुने अम्रिसो नेपालबाट भारत, बंगलादेशलगायत एशियाली देशमा निर्यात हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार