चर्चित समाचार
  • डिजिटल कर्णालीमा सहयोग गर्ने डिजिटल इनिसिएटिभ्स र आइडियालाई पनि समावेश गरिने

    डिजिटल कर्णालीमा सहयोग गर्ने डिजिटल इनिसिएटिभ्स र आइडियालाई पनि समावेश गरिने

    सोमवार, माघ २९ २०८०
    सोमवार, माघ २९ २०८०
  • डिजिटल कर्णालीमा सहयोग गर्ने डिजिटल इनिसिएटिभ्स र आइडियालाई पनि समावेश गरिने

    काठमाडौँ / आउँदो फागुन १८ र १९ गते डिजिटल ‘कर्णाली कन्क्लेभ २०२४’ आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा हुने दुई दिने कन्क्लेभमा ४० बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरूको सहभागिता हुनेछ । 

    कर्णाली प्रदेशको डिजिटलाइजेसन र डेभलपमेन्टको थिममा केन्द्रित रहने कार्यक्रममा ५० बढी विज्ञ र सरोकारवालाहरू वक्ताको रूपमा रहनेछन । सुर्खेत, बिरेन्द्रनगरस्थित सिदार्थ रिसोर्टमा आयोजना हुने कार्यक्रममा संघीय सरकार, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरूको बाक्लो उपस्थिती रहनेछ । कन्क्लेभमा अन्य ६ प्रदेशहरूबाट पनि सम्वन्धित मन्त्री र सचिवहरूलाई निमन्त्रणा गरिनेछ ।

    कन्क्लेभमा ४ वटा महत्त्वपूर्ण किनोट प्रस्तुती र ६ वटा प्यानल सेसनहरू रहेका छन् । यसैगरी नेतृत्वमा रहेका बिशिष्ट व्यत्तिहरूको पावर संवाद सेसन पनि समावेश छ । कन्क्लेभमा कर्णाली प्रदेशको डिजिटल अवस्था, प्रयास र क्षमताको कुराहरूबाट कार्यक्रमको सुरूवात हुनेछ भने डिजिटल रूपान्तरणको प्रतिवद्धता र टेकअवेको रूपमा कार्यक्रमलाई समापन गरिनेछ । 

    कर्णाली प्रदेशलाई प्रविधिको माध्यमबाट विकाससँग जोड्ने र डिजिटल रूपान्तरणको बाटोमा डोर्याउन कन्क्लेभ फलदायी हुने आयोजक सस्थाहरूले जानकारी दिएका छन् । दुई दिने कन्क्लेभले प्रदेशको लागि डिजिटल रोडम्याप बनाउनको लागि पनि सहयोग पुर्याउने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसीको प्रतिबद्धता छ । 

    राष्ट्रिय तथा स्थानिय सरोकारवालाहरूसँग सहकार्य गर्दै स्थानीय उत्पादन, कृषि, शिक्षा र पर्यटनलाई प्रविधिमार्फत विस्तार र प्रवर्द्धन गर्न पनि कन्क्लेभले जोड दिनेछ । नेतृत्वमा बस्ने र नीति निमार्णमा पनि डिजिटल बुझाईको ग्याप रहेको हुँदा कन्क्लेभले डिजिटल साक्षरतामा पनि जोड दिने मन्त्रालयले जनाएको छ ।

    कर्णाली प्रदेशमा डिजिटल सेवा, स्टार्टअप र नयाँ इनिसिएसनमा काम गरिरहेका सस्थाहरूलाई पनि कन्क्लेभमा जोड्ने प्रयास गरिएको छ । शिक्षा, स्वास्थ, कृषी, पर्यटन, उर्जा लगायतका क्षेत्रहरूमा प्रविधिको प्रयोग प्रयोग मार्फत भइरहेका सकरात्मक प्रयासहरूलाई कन्क्लेभमा स्टल र छोटो भिडियो प्रस्तुतीको लागि अवसर प्रदान गरिनेछ । डिजिटल कर्णालीको लागि नयाँ आइडिया र भइरहेका इनिसिएटिभहरू वेबसाइट धधध।मष्नष्तबपिबचलबष्।िअयm मार्फत बुझाउन सकिनेछ । 

    आइसिटी फाउण्डेसन डिजिटलाइजेसन र डिजिटल रूपान्तरणको अभियानमा काम गरिरहेको संस्था हो । सस्थाले विगत ३ वर्षदेखि सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम गर्दै आएकोमा यस वर्ष कर्णालीमा भने विशेष कार्यक्रमको रूपमा क्न्क्लेभको आयोजना भइरहेको छ ।

    विगत २ वर्षदेखि डिजिटल नेपाल कन्क्लेभको आयोजना गरिरहेको फाउण्डेसनले अब प्रदेश सरकारहरूको सहकार्यमा प्रादेशिक कन्क्लेभ पनि सुरूवात गरेको हो । फाउण्डेसनले यस वर्षको डिजिटल नेपाल कन्क्लेभ बैशाख अन्तिम साता गर्ने तयारी गरेको छ ।

    कर्णाली प्रदेश सरकारको दोस्रो योजना र वार्षिक विकास कार्यक्रममार्फत डिजिटल कर्णालीका प्राथमिकता निर्धारण गरि कार्य गर्न यो कन्क्लेभ महत्त्वपूर्ण सावित हुने विश्वास गरिएको छ । यस कन्क्लेभलाई सफल पार्न कर्णालीवासी सबै सरोकारवालालाई मन्त्रालयले अपिल गरेको छ ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार